भजनसंग्रह29
दावीदको भजन।
1हे स्वर्गदूतहरू हो, याहवेहको गुणगान गर।याहवेहलाई महिमा र शक्तिको श्रेय देओ।2याहवेहलाई उहाँको नाम अनुसारको महिमा देओ;याहवेहलाई उहाँको पवित्रतामा सुशोभित भएर आराधना गर।3याहवेहको आवाज पानीहरूमाथि प्रतिध्वनि हुँदछ;महिमाका परमेश्वर गर्जनुहुन्छ;याहवेह शक्तिशाली पानीहरूमाथि गर्जनुहुन्छ।4याहवेहको आवाज शक्तिशाली छ;याहवेहको आवाज प्रतापी छ।5याहवेहको आवाजले देवदारुका काठहरू भाँचिन्छन्;याहवेहले लेबनानका देवदारुका काठहरूलाई टुक्रा-टुक्रा पारिदिनुहुन्छ।6उहाँले लेबनानलाई एउटा बाछाझैँ,र सिरिओनलाई जवान जङ्गली साँढेझैँ उफ्रन लगाउनुहुन्छ।7याहवेहको आवाजलेबिजुलीका चमकझैँ प्रहार गर्छ।8याहवेहको आवाजले मरुभूमिलाई हल्लाउँदछ;याहवेहले कादेशको मरुभूमिलाई थर्कमान पार्नुहुन्छ।9याहवेहको आवाजले फलाँटका रूखहरूलाई बङ्ग्याइदिन्छ, र जङ्गललाई लाछलुछ पारेर उजाड पारिदिन्छ।उहाँको भवनमा सबै जना “महिमा!” भन्दै कराउँछन्।10याहवेह बाढी माथिको सिंहासनमा विराजमान हुनुहुन्छ;याहवेह राजा भई सदासर्वदै सिंहासनमा विराजमान हुनुहुन्छ।11याहवेहले आफ्ना मानिसहरूलाई शक्ति प्रदान गर्नुहुन्छ;याहवेहले आफ्ना मानिसहरूलाई शान्तिको आशिष् दिनुहुन्छ।