भजनसंग्रह27
दावीदको भजन।
1याहवेह मेरो ज्योति र मेरो मुक्ति हुनुहुन्छ;मैले कसको भय मान्नु?याहवेह नै मेरो जीवनको किल्ला हुनुहुन्छ;म कोसँग भयभीत हुनु?2जब दुष्टहरू मलाई आक्रमण गर्नमेरो विरुद्धमा अगि बढ्छन्,जब मेरा शत्रुहरू र मेरा वैरीहरू ममाथि आइलाग्दछन्;तब तिनीहरू ठक्कर खाएर लड्नेछन्।3सेनाले मेरो विरुद्धमा छाउनी बनाए तापनिमेरो हृदय डराउनेछैनँ;मेरो विरुद्धमा लडाइँ चले तापनित्यस बेलामा पनि म पूरा निर्धक्क रहनेछु।4याहवेहसँग म एउटै कुरा माग्दछु,म त्यसैको मात्र खोजी गर्दछु:कि म आजीवन याहवेहको भवनमा रहन पाऊँ,उहाँको सुन्दरता हेर्न पाऊँ,र याहवेहको भवनमा उहाँलाई खोजी गर्न पाऊँ।5किनकि सङ्कष्टका दिनमाउहाँले मलाई उहाँको वासस्थानमा सुरक्षित राख्नुहुनेछ;उहाँले आफ्नो पवित्र वासस्थानको छहारीमा मलाई लुकाउनुहुनेछ;र एउटा चट्टानमाथि उच्च राख्नुहुनेछ।6तब मेरो वरिपरिका शत्रुहरूमाथिमेरो शिर उच्च पारिनेछ;उहाँको पवित्र वासस्थानमा म आनन्दको सोर सुनाउँदै बलिदान चढाउनेछु;म भजन गाउनेछु, र याहवेहलाई प्रशंसा गर्नेछु।7हे याहवेह, जब म पुकार गर्छु, मेरो सोर सुन्नुहोस्;ममाथि कृपालु हुनुहोस् र मलाई जवाफ दिनुहोस्।8मेरो हृदयले तपाईंको विषयमा भन्दछ, “उहाँको मुहारको खोजी गर्।”हे याहवेह, म तपाईंको मुहारको खोजी गर्नेछु।9मबाट तपाईंको मुहार नलुकाउनुहोस्;तपाईंको सेवकलाई क्रोधमा नहटाउनुहोस्;तपाईं मेरा सहायक हुनुभएको छ।हे परमेश्वर, मेरा मुक्तिदाता,मलाई नत्याग्नुहोस्; मलाई तिरस्कार नगर्नुहोस्।10मेरा बुबाआमाले मलाई त्यागे तापनियाहवेहले मलाई सम्हाल्नुहुनेछ।11हे याहवेह, मलाई तपाईंका मार्ग सिकाउनुहोस्;र मलाई अत्याचार गर्ने मानिसहरूको कारण,मलाई सोझो मार्गमा अगुवाइ गर्नुहोस्।12मेरा वैरीहरूका इच्छामा मलाई नछोडिदिनुहोस्;किनकि मेरो विरुद्धमा झूटा साक्षीहरू खडा भएका छन्,तिनीहरू खराब आरोप लगाउँछन्।13म यसमा अझ विश्वस्त छु:म जीवितहरूको देशमायाहवेहको भलाइ देख्नेछु।14याहवेहको प्रतीक्षा गर;बलियो र हृदयमा साहसिलो होऊ;र याहवेहको प्रतीक्षा गर।