भजनसंग्रह26

दावीदको भजन।

1हे याहवेह, मलाई निर्दोष प्रमाणित गर्नुहोस्;किनकि मैले दोषरहित जीवन जिएको छु;ढलपल नभइकनमैले याहवेहमा भरोसा राखेको छु।2हे याहवेह, मलाई जाँच्नुहोस्; र मेरो पारख गर्नुहोस्।मेरो हृदय र मन जाँचेर हेर्नुहोस्;3किनकि तपाईंको अचुक प्रेम सधैँ मेरो सामु छ;र म तपाईंको विश्‍वासयोग्यतामा हिँडेको छु।
4म छली मानिसहरूसँग बस्दिनँ,न त पाखण्डीहरूसँग म सङ्गत गर्छु।5कुकर्मीहरूको झुण्डलाई म घृणा गर्दछु;म दुष्‍ट काम गर्नेहरूसँग बस्‍न इन्कार गर्दछु।6हे याहवेह, म आफ्ना हात निर्दोषतामा धुन्छु,र तपाईंका वेदीको परिक्रमा गर्दछु।7उच्‍च सोरले म तपाईंको प्रशंसाको घोषणा गर्दछु,र म तपाईंका सबै अचम्मका कामहरूको वर्णन गर्दछु।
8हे याहवेह, तपाईंको वासस्थान,र तपाईंको महिमा रहने ठाउँलाई म प्रेम गर्दछु।9पापीहरूसँग मेरो प्राण,रक्तपिपासुहरूसँग मेरो जीवन नलिनुहोस्;10जसका हातहरू दुष्‍ट योजनाहरूले भरिएका छन्,र जसका दाहिने हात घूसले भरिएका छन्।11तर म त निर्दोष जीवन जिउँछु;मेरो उद्धार गर्नुहोस् र ममाथि कृपालु हुनुहोस्।
12मेरा खुट्टाहरू समतल ठाउँमा खडा छन्;ठूलो महासभामा म याहवेहको प्रशंसा गर्नेछु।