भजनसंग्रह150
1याहवेहको प्रशंसा गर! परमेश्वरलाई उहाँको पवित्र वासस्थानमा प्रशंसा गर;उहाँको शक्तिशाली आकाशमा उहाँको प्रशंसा गर!2उहाँका शक्तिशाली कामहरूको निम्ति उहाँको प्रशंसा गर;उहाँको अपार महानताको निम्ति उहाँको प्रशंसा गर!3तुरही फुक्दै उहाँको प्रशंसा गर;वीणा र सितार बजाएर उहाँको प्रशंसा गर!4खैँजडी बजाएर नाच्दै उहाँको प्रशंसा गर;तारबाजा र बाँसुरी बजाएर उहाँको प्रशंसा गर!5झ्याली बजाएर उहाँको प्रशंसा गर;गुञ्जायमान पार्ने झ्यालीहरू बजाएर उहाँको प्रशंसा गर!6सास हुने हरेकले याहवेहको प्रशंसा गरून्!याहवेहको प्रशंसा गर!