हितोपदेश1
1इस्राएलका राजा, दावीदका पुत्र, सोलोमनका हितोपदेशहरू:2बुद्धि र अनुशासन प्राप्त गर्नका निम्ति,अन्तर्दृष्टिका वचनको समझ प्राप्त गर्नका निम्ति,3विवेकी आचरणको अनुशासन प्राप्त गर्नको निम्तिजे धार्मिक, न्यायी र निष्पक्ष छ, त्यो गर्नको निम्ति,4सोझाहरूलाई समझदार,जवानहरूलाई ज्ञान र स्वविवेक दिनका निम्ति—5बुद्धिमान्ले सुनोस् र तिनीहरूका ज्ञान बढाऊन्;र विवेकशील व्यक्तिलाई अगुवाइ मिलोस्—6हितोपदेश र दृष्टान्तहरू,बुद्धिमान्का भनाइ र गहिरा-गहिरा वचनहरू बुझ्नका निम्ति।7याहवेहको भय ज्ञानको सुरुवात हो,तर मूर्खले चाहिँ बुद्धि र अनुशासनलाई तुच्छ ठान्दछ।