भजनसंग्रह149
1याहवेहको प्रशंसा गर! याहवेहको निम्ति एउटा नयाँ गीत गाओ,उहाँको प्रशंसा उहाँका विश्वासयोग्य जनहरूका सभामा छ।2इस्राएल आफ्ना सृष्टिकर्तामा आनन्दित होओस्;सियोनका मानिसहरू तिनीहरूका राजामा रमाऊन्!3तिनीहरूले नाच्दै उहाँको नामको प्रशंसा गरून्;र उहाँको निम्ति खैँजडी र वीणाको सङ्गीत बजाऊन्!4किनकि याहवेह आफ्ना प्रजासित प्रसन्न हुनुहुन्छ;उहाँले नम्रहरूलाई विजयको मुकुट पहिर्याइदिनुहुन्छ।5उहाँका विश्वासयोग्य जनहरूले यस्तो सम्मानमा आनन्द मनाऊन्;र तिनीहरूले आनन्दको निम्ति आ-आफ्ना ओछ्यानमा गाऊन्!6तिनीहरूका मुखमा परमेश्वरको प्रशंसा होस्,र तिनीहरूका हातमा दुईधारे तरवार होस्,7ताकि राष्ट्रहरूका विरुद्धमा तिनीहरूले बदला लिनका निम्ति,र जाति-जातिहरूलाई दण्ड दिन;8तिनीहरूका राजालाई साङ्लाहरूले,र तिनीहरूका भारदारलाई फलामका साङ्लाहरूले बाँध्न;9तिनीहरूका विरुद्ध लेखिएका मृत्युदण्ड दिन सकून्—यही नै उहाँका सबै विश्वासयोग्य जनहरूको महिमा हो।याहवेहको प्रशंसा गर!