भजनसंग्रह148
1याहवेहको प्रशंसा गर! स्वर्गहरूबाट याहवेहको प्रशंसा गर!उच्च स्थानहरूबाट उहाँको प्रशंसा गर!2हे उहाँका सबै दूतहरू हो, उहाँको प्रशंसा गर!हे उहाँका स्वर्गीय सेनाहरू हो, उहाँको प्रशंसा गर!3हे सूर्य र चन्द्रमा हो, उहाँको प्रशंसा गर;हे सबै चम्किला ताराहरू हो, उहाँको प्रशंसा गर!4हे सर्वोच्च स्वर्गहरू र आकाशमाथिका पानी हो,तिमीहरूले उहाँको प्रशंसा गर!5तिनीहरूले याहवेहको नामको प्रशंसा गरून्;किनकि तिनीहरू उहाँका आज्ञामा सृष्टि भए।6तब उहाँले तिनीहरूलाई सदासर्वदाको निम्ति स्थापना गर्नुभयो;उहाँले कहिल्यै नटल्ने उर्दी जारी गर्नुभयो।7पृथ्वीबाट याहवेहको प्रशंसा गर!हे सामुद्रिक विशाल जन्तुहरू हो, र सबै गहिरा सागरहरू हो,8बिजुली र असिना, हिउँ र बादल,उहाँका वचन पालन गर्ने आँधीबतास हो;9पर्वतहरू र सबै डाँडाहरू हो,फल फलाउने रूखहरू र सबै देवदारुहरू हो;10जङ्गली जनावर र सम्पूर्ण गाईबस्तुहरू हो;स-साना जीवजन्तु र उड्ने पक्षीहरू,11पृथ्वीका राजाहरू र राष्ट्रहरू,भारदारहरू र पृथ्वीका सबै शासकहरू,12युवकहरू र युवतीहरू,वृद्ध मानिसहरू र बालकहरू; सबैले याहवेहको प्रशंसा गर!13तिनीहरू सबैले याहवेहका नामको प्रशंसा गरून्;किनकि उहाँको नाम मात्र सबैभन्दा महान् छ;उहाँको वैभव पृथ्वी र आकाशभन्दा पनि उच्च छ।14उहाँले आफ्ना जातिहरूका निम्ति एउटा सिङ खडा गर्नुभएको छ;इस्राएलका सबै विश्वासयोग्य सेवकहरूका प्रशंसाको निम्ति,जो उहाँको हृदयका नजिक रहन्छन्।याहवेहको प्रशंसा गर!