भजनसंग्रह147
1याहवेहको प्रशंसा गर! हाम्रा परमेश्वरको स्तुति गाउनु असल हो;उहाँको प्रशंसा गर्नु कत्ति आनन्दमय र उचित छ!2याहवेहले यरूशलेमलाई पुनर्निर्माण गर्नुहुन्छ;उहाँले इस्राएलका निर्वासितहरूलाई एकिकृत गर्नुहुन्छ।3उहाँले हृदय टुटेकाहरूलाई निको पार्नुहुन्छ,र तिनीहरूका चोटहरूमा मलमपट्टी बाँधिदिनुहुन्छ।4उहाँले ताराहरूको संख्या तोक्नुहुन्छ;र ती सबैलाई नामद्वारा बोलाउनुहुन्छ।5हाम्रा प्रभु महान् र शक्तिशाली हुनुहुन्छ;उहाँको समझशक्तिको कुनै सीमा छैन।6याहवेहले नम्रहरूलाई सम्हाल्नुहुन्छ;तर दुष्टलाई भुइँमा खसाल्नुहुन्छ।7कृतज्ञतासहित याहवेहका निम्ति गाओ;वीणाको सङ्गीत बजाउँदै हाम्रा परमेश्वरको स्तुति गाओ।8उहाँले आकाशलाई बादलले ढाक्नुहुन्छ,र पृथ्वीलाई वर्षा दिनुहुन्छ;अनि पहाडहरूमा घाँस उमार्नुहुन्छ।9उहाँले पशुहरूलाई आहारा दिनुहुन्छ,र कागका बचेराहरू कराउँदा तिनीहरूलाई खुवाउनुहुन्छ।10उहाँको आनन्द घोडाको बलमा होइन,न त योद्धाका खुट्टामा उहाँ प्रसन्न हुनुहुन्छ;11तर याहवेह उहाँको भय मान्नेहरूसँग,उहाँको अचुक प्रेममाथि भरोसा राख्नेहरूसँग प्रसन्न हुनुहुन्छ।12हे यरूशलेम, याहवेहको स्तुति गर्!हे सियोन, आफ्ना परमेश्वरको प्रशंसा गर्।13उहाँले तेरा ढोकाहरूका आग्लोहरू बलियो पारिदिनुहुन्छ;अनि तँभित्र बास गर्ने जातिलाई आशिष् दिनुहुन्छ।14उहाँले तेरा सिमानाहरूमा शान्ति ल्याउनुहुन्छ,उहाँले तँलाई असल गहुँले सन्तुष्ट पार्नुहुन्छ।15उहाँले पृथ्वीमा आफ्नो आदेश पठाउनुहुन्छ;उहाँको उर्दी द्रूत गतिमा प्रसार हुन्छ।16उहाँले हिउँलाई ऊनजस्तै फैलाउनुहुन्छ;अनि तुसारोलाई खरानीझैँ छरिदिनुहुन्छ।17उहाँले असिना कङ्कढझैँ बर्साउनुहुन्छ;उहाँका कठ्याङग्रिने चिसोमा को टिक्न सक्छ?18उहाँले आफ्ना वचन पठाउनुहुन्छ र ती पगाल्नुहुन्छ;उहाँले आफ्नो बतास चलाउनुहुन्छ, र पानी बग्न थाल्छ।19उहाँले आफ्नो वचन याकोबलाई,अनि आफ्ना नियम र आदेशहरू इस्राएललाई प्रकट गर्नुभएको छ।20उहाँले अरू जातिको निम्ति यस्तो कार्य गर्नुभएको छैन;तिनीहरूले उहाँका नियमहरू जान्दैनन्।याहवेहको प्रशंसा गर!