भजनसंग्रह146
1याहवेहको प्रशंसा गर! हे मेरो प्राण, याहवेहको प्रशंसा गर्!2म मेरो जीवनभरि याहवेहको प्रशंसा गर्नेछु;म बाँचुन्जेल मेरा परमेश्वरको प्रशंसा गाउनेछु।3शासकहरूमाथि भरोसा नगर;मानव-जातिमाथि, जसले बचाउन सक्दैन।4जब तिनीहरूको आत्मा निस्कन्छ; तिनीहरू माटोमै फर्कन्छन्;त्यही दिन नै तिनीहरूका योजनाहरू पनि व्यर्थ हुन्छन्।5धन्य हुन् तिनीहरू, जसका सहायक याकोबका परमेश्वर हुनुहुन्छ,जसको आशा याहवेह तिनीहरूका परमेश्वरमा हुन्छ।6उहाँ स्वर्ग र पृथ्वी,समुद्र र त्यसमा भएका सबै थोकका सृष्टिकर्ता हुनुहुन्छ;उहाँ सदाकाल विश्वासयोग्य रहनुहुन्छ।7उहाँले थिचोमिचोमा परेकाहरूको पक्षमा भएर न्याय गर्नुहुन्छ;र भोकाएकाहरूलाई भोजन दिनुहुन्छ।याहवेहले कैदीहरूलाई स्वतन्त्र गरिदिनुहुन्छ;8याहवेहले दृष्टिविहीनहरूका आँखा खोलिदिनुहुन्छ;र दबिएकाहरूलाई उठाउनुहुन्छ;याहवेहले धर्मी जनहरूलाई प्रेम गर्नुहुन्छ।9याहवेहले विदेशीहरूको रक्षा गर्नुहुन्छ;अनाथ र विधवाहरूलाई सम्हाल्नुहुन्छ;तर दुष्टहरूको योजनालाई विफल पारिदिनुहुन्छ।10याहवेहले सदासर्वदा राज्य गर्नुहुन्छ।हे सियोन, तेरा परमेश्वरले सारा पुस्तौँ-पुस्तासम्म राज्य गर्नुहुनेछ।याहवेहको प्रशंसा गर!