भजनसंग्रह143
दावीदको भजन।
1हे याहवेह, मेरो प्रार्थना सुन्नुहोस्;दयाको लागि मेरो अन्तर्बिन्तीलाई ध्यान दिनुहोस्;तपाईंको विश्वसनीयता र धार्मिकताअनुसारमलाई जवाफ दिनुहोस्!2आफ्नो सेवकलाई मुद्दा मामिलाको न्यायमा नलैजानुहोस्;किनकि कोही पनि जीवित मानिस तपाईंको सामु धर्मी ठहरिँदैन।3शत्रुले मलाई लखेट्छ;त्यसले मलाई जमिनमा लडाएर कुल्चन्छ;धेरै अगि नै मरिसकेकाहरूजस्तै गरी,त्यसले मलाई अन्धकारमा बस्न बाध्य पार्दछ।4यसर्थ मेरो आत्मा मभित्र खिन्न हुन्छ;मेरो हृदय मभित्रै विचलित भएको छ।5म अतीतका ती दिनहरू सम्झना गर्दछु;तपाईंका सबै कार्यहरूमा ध्यान गर्दछु,र तपाईंका हातले गरेका काममाथि विचार गर्दछु।6म मेरा हात तपाईंतिर फैलाउँछु;सुक्खा जमिनझैँ म तपाईंको निम्ति तिर्खाउँछु। सेला7हे याहवेह, मलाई झट्टै जवाफ दिनुहोस्;मेरो आत्मा क्षीण हुँदछ।तपाईंको मुहार मबाट नलुकाउनुहोस्;नत्र म चिहानभित्र जानेहरूझैँ हुनेछु।8हरेक बिहानले मेरा निम्ति तपाईंको अचुक प्रेमको वचन ल्याओस्;किनकि तपाईंमा नै मैले आफ्नो भरोसा राखेको छु;म कुन मार्गमा हिँड्नुपर्ने हो, त्यो मलाई देखाउनुहोस्;किनकि म मेरो जीवन तपाईंमा अर्पण गर्दछु।9हे याहवेह, मलाई मेरा शत्रुहरूबाट छुटाउनुहोस्;किनकि म आफूलाई तपाईंमा लुकाउँछु।10मलाई तपाईंको इच्छा पूरा गर्न सिकाउनुहोस्;किनकि तपाईं मेरो परमेश्वर हुनुहुन्छ।तपाईंको असल आत्मालेमलाई समतल जमिनमा डोर्याऊन्!11हे याहवेह, आफ्ना नामको खातिर मेरो जीवनको रक्षा गर्नुहोस्;तपाईंको धार्मिकतामा मलाई कष्टबाट छुटाउनुहोस्।12तपाईंको अचुक प्रेममा, मेरा शत्रुहरूलाई चुप गराइदिनुहोस्;मेरा सबै वैरीहरूलाई नाश पार्नुहोस्;किनकि म तपाईंको सेवक हुँ।