भजनसंग्रह144

दावीदको भजन।

1याहवेह मेरा चट्टानलाई प्रशंसा होस्,जसले मेरा हातहरूलाई युद्धकला,र मेरा औँलाहरूलाई लडाइँ गर्न सिकाउनुहुन्छ।2उहाँ मेरो प्रेमिलो परमेश्‍वर, र मेरो किल्‍ला हुनुहुन्छ;उहाँ मेरो बलियो किल्‍ला र मेरो उद्धारक,मेरो ढाल, जसमा म शरण लिन्छु,उहाँले जाति-जातिहरूलाई मेरो अधीनमा राख्नुहुन्छ।
3हे याहवेह, मानव-जाति के हो र तपाईं त्यसको वास्ता गर्नुहुन्छ,मरणशील मानिस को हो, र तपाईं त्यसको विचार गर्नुहुन्छ?4तिनीहरू त केवल सासजस्तो मात्र हुन्;तिनीहरूका आयु ढलिजाने छायाजस्तै मात्र हुन्।
5हे याहवेह, आफ्ना स्वर्गहरूलाई खोल्नुहोस् र तल ओर्लनुहोस्;पर्वतहरूलाई छुनुहोस् र तीबाट धुवाँ उठोस्।6बिजुली चम्काउनुहोस् र मेरा शत्रुहरूलाई तितरबितर पार्नुहोस्!आफ्ना काँडहरू छोडेर तिनीहरूलाई अलमलमा पारिदिनुहोस्!7उच्‍च स्थानबाट आफ्ना हात लम्काउनुहोस्;अनि उर्लंदो बाढीबाटर विदेशीहरूका हातबाटमलाई उद्धार गर्नुहोस् र छुटाउनुहोस्।8जसका मुख झूटले भरिएका छन्,जसका दाहिने हात छली छन्।
9हे मेरा परमेश्‍वर, म तपाईंको निम्ति एउटा नयाँ गीत गाउनेछु;दशतारे वीणा बजाएर म तपाईंको निम्ति सङ्गीत बजाउनेछु,10उहाँलाई, जसले राजाहरूलाई विजय दिनुहुन्छ;जसले आफ्नो सेवक दावीदलाई छुटकारा दिनुहुन्छ।घातक तरवारबाट11मलाई छुटकारा दिनुहोस्;विदेशीहरूका हातबाट उद्धार गरिदिनुहोस्;जसको मुख झूटले भरिएको छ,जसको दाहिने हात छली छ।
12तब हाम्रा छोराहरू तिनीहरूका युवाअवस्थामामौलाउँदा रूखहरूजस्ता हुनेछन्,र हाम्रा छोरीहरू दरबार सिँगार्न कुँदिएकास्तम्भहरूजस्ता हुनेछन्।13हाम्रा धनसारहरूहरेक किसिमका अन्‍नले भरिभराउ हुनेछन्;हाम्रा भेडाहरू हजारौँ गुणा बढ्नेछन्,हाम्रा खेतमा ती लाखौँ हुनेछन्;14हाम्रा गोरुहरूले गह्रौँ भारी बोक्नेछन्।जहाँ पर्खालहरू फोरिनेछैनन्;हामी निर्वासनमा जानुपर्नेछैन;हाम्रा सडकहरूमा विलापको रुवाइ हुनेछैन।15धन्यका हुन् ती प्रजाहरू; जसको जीवनमा यो सत्य साबित भएको छ;धन्यका हुन् ती प्रजाहरू, जसका परमेश्‍वर याहवेह हुनुहुन्छ!