भजनसंग्रह142

दावीदको मस्किल; गुफामा हुँदा उनको प्रार्थना।

1उच्‍च सोरले म याहवेहलाई पुकार्दछु;दयाको निम्ति याहवेहमा म आफ्नो आवाज उचाल्छु।2उहाँको सामु म आफ्नो उजुर पोख्दछु;उहाँको सामु म आफ्नो पीडा प्रकट गर्दछु।
3मेरो आत्मा मभित्र व्याकुल हुँदा,त्यो तपाईं नै हुनुहुन्छ, जसले मेरो मार्ग जान्‍नुहुन्छ।म हिँड्ने मार्गमामानिसहरूले मेरो निम्ति पासो थापेका छन्।4मेरो दाहिने हातपट्टि हेर्नुहोस्;कसैलाई मेरो वास्ता छैन।मेरो शरणस्थान कहीँ छैन;कसैले मेरो जीवनको वास्ता गर्दैन।
5हे याहवेह, म तपाईंलाई पुकार गर्छु;म भन्दछु, “तपाईं मेरो शरणस्थान हुनुहुन्छ,अनि जीवितहरूका देशमा मेरो भाग हुनुहुन्छ।”
6मेरो पुकार सुनिदिनुहोस्;किनकि म ज्यादै नम्र भएको छु;मलाई खेद्नेहरूबाट मलाई बचाउनुहोस्;किनकि तिनीहरू मभन्दा धेरै बलिया छन्।7मेरो कैदबाट मलाई छुटाउनुहोस्;ताकि म तपाईंको नामको प्रशंसा गर्न सकूँ।म प्रतिको तपाईंको भलाइको कारण,धर्मीहरू मेरा चारैतिर भेला हुनेछन्।