भजनसंग्रह14
सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन।
1मूर्खले आफ्नो मनमा भन्छ,“परमेश्वर छँदैछैन।”तिनीहरू भ्रष्ट छन्, तिनीहरूले नीच काम गर्दछन्;असल काम गर्ने कोही पनि छैन।2याहवेहले स्वर्गबाटसबै मानिस जातिलाई हेर्नुहुन्छ,यो जान्नलाई कि कोही त समझदार होला,जसले परमेश्वरको खोजी गर्दछ।3तिनीहरू सबै भड्किगएका छन्, सबै जना भ्रष्ट भएका छन् ;असल गर्ने कोही छैन;एक जना पनि छैन।4के यी सबै दुष्ट काम गर्नेहरूले केही पनि जान्दैनन्?रोटी खाएझैँ तिनीहरूले मेरा मानिसहरूलाई खान्छन्;तिनीहरूले याहवेहलाई कहिल्यै पुकार्दैनन्।5तर त्यहाँ तिनीहरू डरले काम्छन्;किनकि धर्मीहरूको समूहमा परमेश्वर उपस्थित हुनुहुन्छ।6तिमी दुष्ट काम गर्नेहरूले गरिबका योजनाहरूलाई विफल पार्छौ;तर याहवेह नै तिनीहरूका शरणस्थान हुनुहुन्छ।7अहो, इस्राएलको मुक्ति सियोनबाट आएको भए त कति असल हुनेथियो!जब याहवेहले आफ्नो मानिसहरूको सुदिन फर्काइदिनुहुन्छ,तब याकोब रमाओस्, र इस्राएल आनन्दित होस्।