भजनसंग्रह15

दावीदको भजन।

1हे याहवेह, तपाईंको पवित्र वासस्थानमा कसले बास गर्न पाउनेछ?तपाईंको पवित्र पर्वतमा कसले बस्‍न पाउनेछ?
2त्यो मानिस, जसको जीवन निर्दोष छ;जसले धर्मी काम गर्छ,जसले आफ्नो हृदयबाट सत्य बोल्छ,3जसको जिब्रोले अरूको निन्दा गर्दैन,जसले आफ्नो छिमेकीको खराबी गर्दैन,र मित्रहरूको अपमान गर्दैन;4जसले दुष्‍ट मानिसलाई घृणा गर्दछ,तर याहवेहको भय मान्‍नेहरूलाई आदर गर्दछ;जसले आफ्नो हानि हुँदा पनि आफूले शपथ खाएको कुरा बदल्दैन,र जसले आफ्नो मन बदल्दैन;5जसले आफ्नो रकम खाँचोमा परेकालाई ब्याजमा लाउँदैन;र जसले निर्दोषको विरुद्धमा घूस लिँदैन।यस्ता जीवन जिउनेहरूकहिल्यै पनि डगमगाउनेछैन।