भजनसंग्रह13

सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन।

1हे याहवेह, कहिलेसम्म? के सधैँभरिको लागि तपाईंले बिर्सनुहुन्छ?तपाईंले आफ्नो मुहार मसँग कहिलेसम्म लुकाउनुहुन्छ?2कहिलेसम्म मैले आफ्नो चिन्ता बोक्ने,र दिनहुँ मेरो हृदयमा शोक बोकिराख्ने?मेरा शत्रुहरू कहिलेसम्म ममाथि विजयी भइरहने?
3हे याहवेह, मेरा परमेश्‍वर, मलाई हेर्नुहोस् र मलाई जवाफ दिनुहोस्;मेरा आँखालाई ज्योति दिनुहोस्, नत्रता म मृत्युको निद्रामा पर्नेछु।4नत्रता मेरो वैरीहरूले भन्‍नेछ, “मैले त्यसमाथि विजय पाएको छु,”र जब म डगमगाउँछु, मेरा वैरीहरू रमाउनेछन्।
5तर मैले तपाईंको अचुक प्रेममा भरोसा राखेको छु;मेरो हृदय तपाईंको मुक्तिमा रमाउँछ।6म याहवेहको स्तुति गाउनेछु;किनकि उहाँ मप्रति भलो हुनुहुन्छ।