भजनसंग्रह135
1याहवेहको प्रशंसा गर! याहवेहको नामको प्रशंसा गर;हे याहवेहका सेवकहरू हो, उहाँको प्रशंसा गर।2तिमीहरू, जो याहवेहको भवनमा,हाम्रा परमेश्वरको भवनका चोकहरूमा सेवा गर्दछौ।3याहवेहको प्रशंसा गर! किनकि याहवेह भलो हुनुहुन्छ;उहाँको नामको गीत गाओ; किनकि त्यो आनन्दमय हुन्छ।4किनकि याहवेहले याकोबलाई आफ्नो बनाउन,अनि इस्राएललाई आफ्नो बहुमूल्य सम्पत्ति हुनलाई चुन्नुभएको छ।5म जान्दछु, याहवेह महान् हुनुहुन्छ,र हाम्रा प्रभु सबै देवहरूभन्दा महान् हुनुहुन्छ।6आकाशमा र पृथ्वीमा,समुद्रहरू अनि तिनका गहिराइमा,याहवेह आफ्नो इच्छाअनुसार गर्नुहुन्छ।7उहाँले पृथ्वीको छेउबाट बादल उठाउनुहुन्छ;उहाँले वर्षासित बिजुली पठाउनुहुन्छ;र उहाँले आफ्ना भण्डारहरूबाट बतास निकाल्नुहुन्छ।8उहाँले इजिप्टका मानिस र पशु,दुवैका पहिले जन्मेकाहरूलाई मार्नुभयो।9हे इजिप्ट, उहाँले तेरो बीचमा, आफ्ना अलौकिक चिन्हहरू र अद्भुत कार्यहरू,फारो र उनका सारा भारदारहरूका विरुद्धमा पठाउनुभयो।10उहाँले धेरै राष्ट्रहरूलाई नाश गर्नुभयो;र धेरै शक्तिशाली राजाहरूलाई मार्नुभयो—11एमोरीहरूका राजा सीहोन,बाशानका राजा ओग,र कनानका सबै राजाहरूलाई नष्ट गर्नुभयो—12अनि तिनीहरूका भूमि पैतृक सम्पत्तिको रूपमा,आफ्ना प्रजा इस्राएललाई उत्तराधिकारको रूपमा दिनुभयो।13हे याहवेह, तपाईंको नाम सदासर्वदा रहिरहन्छ;हे याहवेह, तपाईंको ख्याति पुस्तौँ-पुस्तासम्म रहिरहन्छ।14किनकि याहवेहले आफ्ना मानिसहरूलाई निर्दोष प्रमाणित गर्नुहुनेछ,र आफ्ना सेवकहरूमाथि करुणा देखाउनुहुनेछ।15जाति-जातिहरूका मूर्तिहरू सुन र चाँदी हुन्,ती सबै मानिसहरूका हस्तकला मात्र हुन्।16तिनीहरूका मुख त छन्, तर बोल्न सक्दैनन्;आँखा त छन्, तर देख्न सक्दैनन्।17तिनीहरूका कान छन्, तर सुन्न सक्दैनन्;न तिनीहरूको मुखमा सास नै छ।18मूर्तिहरूलाई बनाउनेहरू पनि तिनीहरूजस्तै हुनेछन्;तिनीहरूमाथि भरोसा गर्नेहरू सबै पनि त्यस्तै हुनेछन्।19हे सबै इस्राएलका घराना हो, याहवेहलाई प्रशंसा गर;हे हारूनका घराना हो, याहवेहलाई प्रशंसा गर;20हे लेवीका घराना हो, याहवेहलाई प्रशंसा गर;हे उहाँको डर मान्नेहरू हो, याहवेहलाई प्रशंसा गर।21सियोनबाट याहवेहलाई प्रशंसा होस्!यरूशलेममा बास गर्नुहुनेको प्रशंसा होस्!याहवेहको प्रशंसा गर!