भजनसंग्रह136
1याहवेहलाई धन्यवाद देओ, किनकि उहाँ भलो हुनुहुन्छ।उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।2देवताहरूका परमेश्वरलाई धन्यवाद देओ;उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।3प्रभुहरूका प्रभुलाई धन्यवाद देओ:उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।4उहाँलाई धन्यवाद देओ, उहाँले मात्र ठूला अद्भुत कार्यहरू गर्नुहुन्छ;उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।5उहाँलाई धन्यवाद देओ, जसले आफ्ना समझशक्तिले आकाश सृष्टि गर्नुभयो;उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।6उहाँलाई धन्यवाद देओ, जसले पानीमाथि पृथ्वी फैलाउनुभयो;उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।7उहाँलाई धन्यवाद देओ, जसले विशाल ज्योतिहरू बनाउनुभयो;उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।8उहाँलाई धन्यवाद देओ, जसले दिनमा प्रभुत्व गर्नलाई सूर्य बनाउनुभयो;उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।9उहाँलाई धन्यवाद देओ, जसले रातमा प्रभुत्व गर्नलाई चन्द्रमा र ताराहरू बनाउनुभयो;उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।10उहाँलाई धन्यवाद देओ, जसले इजिप्टका पहिले जन्मेकाहरूलाई प्रहार गर्नुभयो;उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।11र उहाँलाई धन्यवाद देओ, जसले तिनीहरूको बीचबाट इस्राएललाई निकालेर ल्याउनुभयो;उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।12उहाँलाई धन्यवाद देओ, जसले शक्तिशाली हातर पराक्रमी पाखुराले तिनीहरूलाई निकालेर ल्याउनुभयो;उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।13उहाँलाई धन्यवाद देओ, जसले लाल समुद्रलाई दुई भागमा विभाजन गर्नुभयो;उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।14उहाँलाई धन्यवाद देओ, जसले इस्राएललाई त्यसको बीचबाट पार गराउनुभयो;उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।15उहाँलाई धन्यवाद देओ, जसले फारो र तिनका सेनालाई लाल समुद्रमा डुबाइदिनुभयो;उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।16उहाँलाई धन्यवाद देओ, जसले आफ्ना प्रजालाई उजाडस्थानबाट भएर डोर्याउनुभयो;उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।17उहाँलाई धन्यवाद देओ, जसले ठूला-ठूला राजालाई नाश पार्नुभयो;उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।18उहाँलाई धन्यवाद देओ, जसले शक्तिशाली राजालाई मार्नुभयो;उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।19उहाँलाई धन्यवाद देओ, जसले एमोरीहरूका राजा सीहोनलाई मार्नुभयो;उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।20उहाँलाई धन्यवाद देओ, जसले बाशानका राजा ओगलाई मार्नुभयो;उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।21उहाँलाई धन्यवाद देओ, जसले तिनीहरूका देश पैतृक सम्पत्तिको रूपमा दिनुभयो;उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।22उहाँलाई धन्यवाद देओ, जसले आफ्ना सेवकइस्राएललाई पैतृक सम्पत्तिको रूपमा दिनुभयो।उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।23उहाँलाई धन्यवाद देओ, जसले हामी सबैलाई हाम्रा दुर्दशामा स्मरण गर्नुभयो;उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।24उहाँलाई धन्यवाद देओ, जसले हाम्रा शत्रुहरूबाट हामीलाई छुटाउनुभयो।उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।25उहाँलाई धन्यवाद देओ, जसले हरेक प्राणीलाई भोजन दिनुहुन्छ।उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।26स्वर्गका परमेश्वरलाई धन्यवाद देओ;उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।