भजनसंग्रह133
दावीदको आरोहणको गीत।
1परमेश्वरका जनहरू एक-आपसमा एकतामा बस्नुकति असल र आनन्दमय कुरा हुन्छ!2यो त शिरमा खन्याइने मूल्यवान् तेलजस्तो हुन्छ,जो दाह्रीसम्म बगेर जान्छ,हारूनको दाह्रीसम्म बगेर जान्छ,जो उनका पोशाकको कठालोसम्मै बगेर जान्छ।3त्यो हेर्मोन पर्वतको शीतसियोन पर्वतमा परेजस्तै हुन्छ;किनकि त्यहीँ नै याहवेहले,आफ्नो अनन्त जीवनको आशिष् समेत खन्याउनुहुन्छ।