भजनसंग्रह132

आरोहणको गीत।

1हे याहवेह, दावीदर तिनले भोगेका सबै दुःखलाई सम्झनुहोस्।
2तिनले याहवेहसँग शपथ खाए,तिनले याकोबका सर्वशक्तिमान्‌सँग भाकल गरे:3“म, तबसम्म आफ्नो घरमा पस्‍नेछैनँ,वा आफ्नो ओछ्यानमा सुत्नेछैनँ,4म मेरा आँखाहरूमा निद्रा आउन दिनेछैनँ,र आँखाहरूका पलकहरूलाई उँघ्न पनि दिनेछैनँ;5जबसम्म याहवेहका निम्ति एउटा ठाउँर याकोबका सर्वशक्तिमान्‌को निम्ति म एउटा वासस्थान भेट्टाउँदिनँ।”
6हामीले एप्रातामा त्यसको  विषयमा सुन्यौँ;हामीले याआरको  मैदानमा त्यसलाई भेट्टायौँ:7“हामी उहाँका वासस्थानमा जाऔँ;यसो भन्दै उहाँका पाउदानमा दण्डवत् गरौँ,8‘हे याहवेह, उठ्नुहोस्, तपाईं र तपाईंको शक्तिको चिन्ह सन्दुकसमेत,तपाईंको विश्रामस्थलभित्र आउनुहोस्।9तपाईंका पुजारीहरूले तपाईंको धार्मिकताको वस्त्र पहिरिऊन्;र तपाईंका विश्‍वासयोग्य जनहरू आनन्दले जयजयकार गरून्!’ ”
10आफ्ना सेवक दावीदको निम्ति,तपाईंका अभिषिक्त जनलाई अस्वीकार नगर्नुहोस्!
11याहवेहले दावीदसँग शपथ खानुभयो;एउटा पक्‍का शपथ, जुन उहाँले फिर्ता लिनुहुनेछैन:“म तेरो सिंहासनमातेरा सन्तानहरूमध्ये एक जनालाई बसाल्नेछु।12यदि तेरा छोराहरूले मेरो करारर मैले सिकाएका मेरा विधिहरू पालन गरे भने,तिनीहरूका छोराहरू पनिसदासर्वदाको निम्ति तेरो सिंहासनमा बस्‍नेछन्।”
13किनकि याहवेहले सियोनलाई चुन्‍नुभएको छ;उहाँले त्यसलाई आफ्नो वासस्थान बनाउने इच्छा गर्नुभएको छ;14“यो सदासर्वदाको निम्ति मेरो विश्रामको स्थान हो;म यहीँ सिंहासनमा बस्‍नेछु; किनकि मैले यस्तै इच्छा गरेको छु।15प्रशस्त खानपानका थोकले म त्यसलाई आशिष् दिनेछु;र त्यसका गरिबहरूलाई म रोटीले तृप्‍त पार्नेछु।16त्यसका पुजारीहरूलाई पनि म मुक्तिको वस्त्र पहिराउनेछु;र त्यसका विश्‍वासयोग्य जनहरू आनन्दले सधैँ जयजयकार गर्नेछन्।
17“यहाँ दावीदको निम्ति म एउटा सिङको  टुसा उमार्नेछु;र मेरा अभिषिक्त जनको निम्ति बत्ती तयार गर्नेछु।18म त्यसका शत्रुहरूलाई शर्मको वस्त्र पहिराउनेछु;तर त्यसको शिर भने प्रकाशमय मुकुटले शोभायमान हुनेछ।”