भजनसंग्रह131

दावीदको आरोहणको गीत।

1हे याहवेह, मेरो हृदय घमण्डी छैन,मेरा आँखाहरू हठी छैनन्;म ठूला-ठूला कुराहरूअथवा आफूले पाउनै नसक्ने कुराहरूमा आफूलाई अल्झाउँदिनँ।2तर मैले आफूलाई शान्त र चुप गराएको छु;आमासँग तृप्‍त भएर बसेको बालकझैँ,आमाको दूध छुटाइएको बालकझैँ म सन्तुष्‍ट छु।
3हे इस्राएल, अहिले र सदासर्वदायाहवेहमा नै आफ्नो आशा राख्!