भजनसंग्रह12

सङ्गीत निर्देशकको निम्ति शिमिनिथ। दावीदको भजन।

1हे याहवेह, सहायता गर्नुहोस्; किनकि भक्तजन एकै जना पनि रहेनन्;विश्‍वासयोग्यहरू मानिसहरूका बीचबाट मासिसकेका छन्।2हरेकले आफ्ना छिमेकीसँग झूटो बोल्छन्;तिनीहरूका ओठले चापलुसी गर्छन्;तर तिनीहरूका हृदयमा धोकाका कुरा राख्छन्।
3सबै चापलुसी गर्ने ओठहरूलाईर घमण्डका कुरा गर्ने हरेक जिब्रोलाई याहवेहले काटी फालिदेऊन्—4तिनीहरू जसले भन्छन्,“हाम्रा जिब्राहरूले नै हामी जित्नेछौँ;हाम्रा ओठहरूले नै हामीलाई बचाउँछन्; हामीमाथि शासन गर्ने शासक को छ र?”
5याहवेह भन्‍नुहुन्छ,“दुर्बलहरूमाथि भएको अत्याचारर खाँचोमा हुनेहरूको सुस्केराको कारणले म अब उठ्नेछु,म तिनीहरूलाई तिनीहरूको बदनाम गर्नेहरूबाट सुरक्षा गर्नेछु।”6याहवेहका वचनहरू खोटरहित छन्,ती भट्टीमा सातपल्ट खारेर शुद्ध पारिएका चाँदीजस्तै छन्।
7हे याहवेह, तपाईंले खाँचोमा परेकाहरूलाई रक्षा गर्नुहुनेछ,र दुष्‍टहरूबाट हामीलाई सधैँ सुरक्षित राख्नुहुनेछ,8जब मानिसहरूका बीचमा दुष्‍टताको सम्मान हुन्छ;दुष्‍टहरू गमक्‍क भई खुल्‍ला रूपमा डुलिहिँड्छन्।