भजनसंग्रह121

आरोहणको गीत।

1म मेरा आँखाहरू पर्वतहरूतिर उचाल्छु—मेरो सहायता कहाँबाट आउँछ?2मेरो सहायता याहवेहबाट आउँछ,जो स्वर्ग र पृथ्वीका सृष्‍टिकर्ता हुनुहुन्छ।
3उहाँले तिम्रा खुट्टाहरू चिप्लन दिनुहुनेछैन—तिम्रो रक्षा गर्नुहुने कहिल्यै उँघ्नुहुनेछैन;4साँच्‍चै, इस्राएललाई रक्षा गर्नुहुनेचाहिँन उँघ्नुहुन्छ, न त निदाउनुहुन्छ।
5याहवेहले नै तिमीलाई रक्षा गर्नुहुनेछ—याहवेह नै तिम्रो दाहिने हातपट्टिको तिम्रो छहारी हुनुहुन्छ;6दिउँसोको घामले तिमीलाई पोल्नेछैन,न त राति चन्द्रमाले तिमीलाई हानि गर्नेछ।
7याहवेहले तिमीलाई सबै हानिबाट जोगाउनुहुनेछ—उहाँले तिम्रो जीवनको रक्षा गर्नुहुनेछ;8तिमी बाहिर जाँदा र भित्र आउँदा,अहिले अनि सदासर्वदा, याहवेहले तिम्रो रक्षा गर्नुहुनेछ।