भजनसंग्रह120

आरोहणको गीत।

1मेरो सङ्कष्‍टमा म याहवेहलाई पुकार्दछु,र उहाँले मलाई जवाफ दिनुहुन्छ।2हे याहवेह, मलाईझूटो बोल्ने ओठर छली जिब्रोबाट बचाउनुहोस्।
3ए छली जिब्रो,उहाँले तँलाई के गर्नुहुनेछ?अनि अझ बढ्ता के गर्नुहोला?4उहाँले तँलाई योद्धाका तीखा काँडले हानेर,र झाडीको आगोले जलाएर दण्ड दिनुहुनेछ!
5मलाई धिक्‍कार छ! म मेशेकमा बास गर्दछु;किनकि केदारका पालहरूका बीचमा बसेको छु!6शान्तिलाई घृणा गर्नेहरूका बीचमाम बसेको धेरै समय भयो।7म त शान्तिप्रिय व्यक्ति हुँ;तर मैले बोल्दा, तिनीहरू लडाइँ गर्न तम्सिन्छन्।