भजनसंग्रह122
दावीदको आरोहणको गीत।
1जब तिनीहरूले मलाई, “याहवेहका भवनमा हामी जाऔँ” भने,तब म तिनीहरूसँगै आनन्दित भएँ।2हे यरूशलेम, तेरा मूलढोकाहरूभित्रहाम्रा खुट्टाहरू उभिएका छन्।3यरूशलेम एउटा सहरजस्तै,एकै ठाउँमा टम्म गरी मिलाएर बसालिएको छ।4इस्राएललाई दिइएको कानुनअनुसारयाहवेहका कुलहरूयाहवेहको नामको प्रशंसा गर्नत्यहाँ जान्छन्।5किनकि त्यहाँ न्यायका सिंहासनहरू स्थापित छन्;त्यहाँ दावीदका वंशका सिंहासनहरू छन्।6यरूशलेमको शान्तिको निम्ति प्रार्थना गर:“तँलाई प्रेम गर्नेहरू सुरक्षित रहून्।7तेरा पर्खालहरूभित्र शान्ति रहोस्;र तेरा दरबारहरूभित्र सुरक्षा रहोस्!”8मेरा परिवार र मेरा मित्रहरूका खातिरम, “तिमीहरूमा शान्ति रहोस्!” भन्नेछु।9याहवेह हाम्रा परमेश्वरको भवनको खातिर,म तेरो भलो चिताउनेछु।