भजनसंग्रह11

सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन।

1याहवेहमा म शरण लिन्छु,तिमीहरू कसरी मलाई यसो भन्‍न सक्छौ:“चराझैँ तिम्रो डाँडामा उडिजाऊ,2किनकि हेर, दुष्‍टहरूले आफ्नो धनुमा ताँदो चढाउँछन्;अँध्यारोबाट काँड ताकेरसोझो हृदय भएकाहरूलाई हान्‍नका निम्तितिनीहरूले आफ्नो काँड ताँदोमा चढाएका छन्।3जब जगहरू नै नष्‍ट पारिन्छन् भने,धर्मी जनहरूले के गर्न सक्छन् र?”
4याहवेह आफ्नो पवित्र मन्दिरमा हुनुहुन्छ;याहवेह आफ्नो स्वर्गीय सिंहासनमा विराजमान हुनुहुन्छ।उहाँले पृथ्वीका सबै मानिसहरूलाई नियालेर हेर्नुहुन्छ;उहाँले आफ्ना आँखाले तिनीहरूको जाँच गर्नुहुन्छ।5याहवेहले धर्मीहरूलाई जाँच गर्नुहुन्छ;तर दुष्‍टहरू, जसले हिंसा रुचाउँछन्,उहाँले तिनीहरूलाई घृणा गर्नुहुन्छ।6दुष्‍टहरूमाथि उहाँलेप्रचण्ड आगो र बल्दो गन्धक बर्साउनुहुनेछ;र पोल्ने हावा तिनीहरूको भाग हुनेछ।
7किनकि याहवेह धर्मी हुनुहुन्छ,उहाँले न्यायलाई प्रेम गर्नुहुन्छ;धर्मी मानिसहरूले उहाँको मुहारको दर्शन गर्नेछन्।