भजनसंग्रह10

1हे याहवेह, किन तपाईं टाढा उभिनुहुन्छ?तपाईं सङ्कष्‍टको समयमा किन आफूलाई लुकाउनुहुन्छ?
2दुष्‍टहरूले आफ्ना अहङ्कारमा कमजोरहरूलाई अत्याचार गर्छन्।तिनीहरूले रचेका योजनामा उनीहरू फस्छन्।3तिनीहरूले आफ्नो हृदयका इच्छाहरूमा गर्व गर्छन्;लोभीहरूलाई आशीर्वाद दिन्छन्, र याहवेहलाई निन्दा गर्छन्।4दुष्‍टहरूले आफ्नो घमण्डमा परमेश्‍वरको खोजी गर्दैनन्;तिनीहरूका सारा विचारहरूमा परमेश्‍वरको लागि कुनै स्थान हुँदैन।5दुष्‍टहरूका योजनाहरू सधैँ सफल हुन्छन्;तपाईंका विधिहरू तिनीहरूले इन्कार गर्छन्;तिनीहरूले आफ्ना सबै शत्रुहरूको उपहास गर्दछन्।6तिनीहरूले आफ्नो मनमा भन्छन्, “हामीलाई कुनै पनि कुराले हल्‍लाउन सक्नेछैन।”तिनीहरूले अडान लिन्छन्, “हाम्रो कुनै पनि पुस्तामा विपत्ति आइपर्नेछैन।”
7तिनीहरूका मुख श्राप, छल र हप्कीले भरिएका हुन्छन्;तिनीहरूका जिब्रोमा दुष्‍टता र गलत कुरा हुन्छन्।8तिनीहरू गाउँहरूकै छेउमा ढुकिबस्छन्;पर्खेर निर्दोषहरूको हत्या गर्दछन्।तिनीहरूका आँखा असहायहरूलाई गुप्‍त स्थानहरूमा खोजिरहन्छ।9तिनीहरू सिंहझैँ झाडीमा ढुकेर बस्छन्;असहायहरूलाई पक्रनलाई ढुकेर बस्छन्; असहायहरूलाई पक्रन्छन्र आफ्नो पासोमा पारेर घिसार्दै लैजान्छन्।10तिनीहरूका शिकारहरू चकनाचुर पारिन्छन्, ती निर्बल भई ढल्छन्,दुष्‍टहरूका शक्तिमुनि उनीहरू लडिहाल्छन्।11तिनीहरूले आफ्नो मनमा भन्दछन्, “हामीले गरेका कुराहरू परमेश्‍वरले बिर्सनुभएको छ;उहाँले आफ्नो मुहार ढाक्नुभएको छ, र उहाँले कहिल्यै देख्नुहुन्‍न।”
12हे याहवेह, उठ्नुहोस्, हे परमेश्‍वर, तपाईंको हात उठाउनुहोस्।असहायहरूलाई नबिर्सनुहोस्।13किन दुष्‍टहरूले परमेश्‍वरको विरोध गर्छन्?तिनीहरूले किन आफ्नो मनमा यसो भन्छन्,“उहाँले हाम्रो लेखा लिनुहुनेछैन?”14तर हे परमेश्‍वर, तपाईं दुःखीहरूका सङ्कष्‍ट देख्नुहुन्छ;तपाईंले तिनीहरूका दुःख देख्नुहुन्छ र आफ्नो हातमा लिनुहुन्छ।दुःखीहरूले आफूलाई तपाईंमा सुम्पन्छन्;तपाईं नै अनाथहरूका सहायक हुनुहुन्छ।15दुष्‍ट तथा कुकर्मीहरूका पाखुरा भाँचिदिनुहोस्;दुष्‍ट काम गर्नेहरूबाट लेखा लिनलाई बोलाउनुहोस्,ताकि तिनीहरूमा फेरि दुष्‍टता नभेट्टाइयोस्।
16याहवेह सदासर्वदाको निम्ति राजा हुनुहुन्छ;उहाँको देशबाट जाति-जातिहरू नष्‍ट हुनेछन्।17हे याहवेह, तपाईंले कष्‍टमा परेकाहरूको इच्छा बुझ्नुहुन्छ;तपाईं तिनीहरूका पुकार सुन्‍नुहुन्छ र तिनीहरूलाई उत्साह दिनुहुन्छ।18तपाईं अनाथ र थिचोमिचोमा परेकाहरूको पक्षमा न्याय गर्नुहुन्छ,ताकि मरणशील मानिसले फेरि कसैमाथि आतङ्क नमच्‍चाओस्।