भजनसंग्रह108
एउटा गीत, दावीदको भजन।
1हे परमेश्वर, मेरो हृदय स्थिर छ;म गाउनेछु र मेरो सम्पूर्ण प्राणले धुन बजाउनेछु।2हे सारङ्गी र वीणा जाग्!म प्रभातलाई जगाउनेछु।3हे याहवेह, राष्ट्र-राष्ट्रहरूका बीचमा म तपाईंको प्रशंसा गर्नेछु;जाति-जातिहरूबीच म तपाईंको स्तुति गाउनेछु।4किनकि तपाईंको प्रेम महान् छ, आकाशभन्दा पनि उच्च छ;तपाईंको विश्वासयोग्यता आकाशसम्मै पुग्दछ।5हे परमेश्वर, स्वर्गभन्दा उच्च हुनुहोस्;सारा पृथ्वीमाथि तपाईंको महिमा रहोस्।6तपाईंको दाहिने हातले हामीलाई बचाउनुहोस्, र मदत गर्नुहोस्;ताकि तपाईंका प्रियजनहरूले छुटकारा पाऊन्।7परमेश्वरले उहाँको वासस्थानबाट बोल्नुभएको छ:“विजयमा म शेकेमलाई विभाजन गर्नेछु,र सुक्कोतको बेँसीलाई नापेर छुट्ट्याउनेछु।8गिलाद मेरो हो, मनश्शे पनि मेरै हो;एफ्राइम मेरो टोप हो,यहूदा मेरो राजदण्ड हो।9मोआब मेरो हात धुने भाँडो हो;एदोममा म आफ्नो जुत्ता फाल्नेछु;पलिश्तीमाथिको विजयमा म कराउनेछु।”10किल्ला भएको सहरमा मलाई कसले पुर्याइदेला?कसले मलाई एदोमसम्म डोर्याउला?11हे परमेश्वर, तपाईं नै होइन, जसले हामीलाई त्याग्नुभएको छ,र अहिले हाम्रा सेनाहरूका साथमा पनि जानुभएन?12शत्रुहरूका विरुद्धमा हामीलाई सहायता गर्नुहोस्;किनकि मानिसको सहायता व्यर्थ छ।13परमेश्वरको सहायताद्वारा हामीले विजय प्राप्त गर्नेछौँ;र उहाँले हाम्रा शत्रुहरूलाई कुल्चनुहुनेछ।