भजनसंग्रह109
सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन।
1मेरा परमेश्वर, जसको म प्रशंसा गर्छु,तपाईं चुप लागेर नबस्नुहोस्;2किनकि दुष्ट र छली मानिसहरूलेमेरो विरुद्धमा आफ्ना मुख खोलेका छन्;तिनीहरूका झूटो जिब्रोले मेरो विरुद्धमा बोलेका छन्।3तिनीहरूले मलाई घृणाका शब्दहरूले घेरेका छन्;कारणविना तिनीहरू मलाई हमला गर्छन्।4मेरो मित्रताको साटो तिनीहरू मलाई दोष लगाउँछन्,तर मचाहिँ प्रार्थना गर्ने मानिस हुँ।5तिनीहरूले मलाई भलाइको साटो खराबी गर्छन्,र मेरो मित्रताको साटो घृणा गर्छन्।6मेरो शत्रुका विरोध गर्न कुनै दुष्ट मानिसलाई खटाउनुहोस्;त्यसलाई दोष लगाउने मानिस त्यसको दाहिने हातपट्टि खडा होस्!7त्यसको न्याय हुँदा त्यो दोषी ठहरियोस्,र त्यसको विन्तिले त्यसैलाई दण्डको आज्ञा ठहरिओस्!8त्यसको आयु कम होस्;त्यसको नेतृत्वको ठाउँ अरूले लेओस्!9त्यसका छोराछोरीहरू अनाथ होऊन्र त्यसकी पत्नी विधवा होस्!10त्यसका छोराछोरीहरू डुलुवा मगन्ते होऊन्;तिनीहरूका आफ्ना भताभुङ्ग भएका घरबाट पनि धपाइऊन्।11त्यससँग भएको सर्वस्व साहूले जफत गरोस्;त्यसका परिश्रमका फलहरू पराईहरूले लुटून्!12त्यसमाथि कसैले पनि दया नगरोस्,न त त्यसका अनाथ छोराछोरीमाथि कसैले दया देखाओस्!13त्यसका सन्तानहरू मरेर जाऊन्;र आउँदो पुस्ताबाट तिनीहरूका नामनिशानै मेटिएर जाओस्!14याहवेहको अगि, त्यसका पितापुर्खाहरूका पाप स्मरण होस्;त्यसकी आमाको पाप कहिल्यै नमेटिओस्!15तिनीहरूका पाप निरन्तर याहवेहको सामु रहिरहून्,ताकि उहाँले पृथ्वीबाट तिनीहरूको नामनिशानै मेटाइदेऊन्!16किनकि त्यसले दयालु हुन कहिल्यै सोचेन,तर दुःखी, अभावग्रस्तर हृदय टुटेकाहरूलाई मृत्युसम्म नै खेदो गरेको थियो।17त्यसले श्राप दिन मन पराउँथ्यो—त्यसको श्राप त्यसमाथि नै आइपरोस्;त्यसले आशिष् दिन रुचाएन—त्यसबाट पनि आशिष् त्यसरी नै टाढै रहोस्!18त्यसले श्रापलाई आफ्नो वस्त्रझैँ पहिरियो;त्यो पानीझैँ त्यसको पेटभित्रतेलझैँ त्यसका हाडहरूमा पसोस्!19श्राप नै त्यसलाई लपेट्ने वस्त्रजस्तै होस्,र यो त्यसको कम्मरमा सधैँभरि बाँधिने पटुकाजस्तै होस्।20मलाई दोष लगाउनेहरू र मेरो विरुद्धमा दुष्ट कुरा गर्नेहरूलाईयाहवेहबाट यस्तै प्रतिफल मिलोस्!21तर हे प्रभु याहवेह,तपाईंको नामको खातिर मलाई मदत गर्नुहोस्;तपाईंको प्रेमको भलाइको कारण मलाई उद्धार गर्नुहोस्!22किनकि म गरिब र खाँचोमा छु,र मभित्र मेरो हृदय घाइते भएको छ।23म बेलुकीको छायाझैँ बिलाउँदै गएको छु;म सलहझैँ हुत्त्याइएर फालिएको छु।24उपवासले गर्दा मेरा घुँडाहरू कमजोर भएका छन्;मेरो शरीर हाड र छाला मात्र भएको छ।25मलाई दोष लगाउनेहरूका अगि म निन्दाको पात्र बनेको छु;जब तिनीहरूले मलाई हेर्छन्, तब खिसी गर्दै आफ्ना टाउकाहरू हल्लाउँछन्।26हे याहवेह, मेरा परमेश्वर, मलाई मदत गर्नुहोस्;तपाईंको अचुक प्रेमअनुसार मलाई बचाउनुहोस्;27ताकि यो तपाईंकै हात हो भनी तिनीहरूले जानून्;हे याहवेह, यो तपाईंले नै गर्नुभएको हो भनी तिनीहरूले बुभून्!28तिनीहरूले मलाई सराप्दा, तपाईंले मलाई आशिष् दिनुहोस्;मलाई आक्रमण गर्नेहरू लाजमा परून्;तर तपाईंको सेवक रमाओस्!29मलाई दोष लगाउनेहरूले अपमानको वस्त्र पहिरेका होऊन्,र आफ्नै शर्मको खास्टोले झैँ ढाकिऊन्!30म मेरा ओठले याहवेहलाई उच्च प्रशंसा गर्नेछु;आराधकहरूको ठूलो भीडको बीचमा म उहाँको प्रशंसा गर्नेछु।31किनकि खाँचोमा परेकाहरूलाई मृत्युदण्ड दिन चाहनेको हातबाट रक्षा गर्नको लागिउहाँ तिनीहरूको दाहिने हातपट्टि खडा हुनुहुन्छ।