भजनसंग्रह107
1याहवेहलाई धन्यवाद देओ; किनकि उहाँ भलो हुनुहुन्छ;उहाँको अचुक प्रेम सधैँभरि रहिरहन्छ।2याहवेहले छुटकारा दिनुभएकाहरूलेवैरीहरूका हातबाट छुटाइएकाहरूले,3विभिन्न देशहरूबाट,पूर्व र पश्चिमबाट, उत्तर र दक्षिणबाट एकत्रित भएकाहरूले यसो भनून्:4कसै-कसैले बसोबास गर्नलाई कुनै सहर भेट्टाएनन्,र मरुभूमिका उजाडस्थानतिर भौँतारिँदै हिँडे।5तिनीहरू भोक र प्यासले दुर्बल भईप्राण जालाजस्तै भइसकेका थिए।6तब आफ्ना कष्टहरूमा तिनीहरूले याहवेहलाई पुकारे,र उहाँले तिनीहरूलाई तिनीहरूका सङ्कष्टहरूबाट छुटाउनुभयो।7उहाँले तिनीहरूलाई सीधा मार्गबाट डोर्याउनु भएर,तिनीहरूलाई बास बस्न सक्ने सहरमा पुर्याउनुभयो।8उहाँको अचुक प्रेम र मानिसहरूप्रति उहाँका अद्भुत कार्यहरूका निम्ति,तिनीहरूले याहवेहलाई धन्यवाद देऊन्!9किनकि उहाँले तिर्सना गर्नेहरूको प्यास मेट्नुहुन्छ,र भोकाहरूलाई असल आहाराले सन्तुष्ट पार्नुहुन्छ।10कोही-कोही अन्धकार, र घोर अन्धकारमा जिइरहेका थिए,कैदीहरू फलामका साङ्लाले बाँधिएर कष्ट भोगिरहेका थिए,11किनकि तिनीहरूले परमेश्वरका वचनको विरुद्धमा विद्रोह गरेका थिएर सर्वोच्च परमेश्वरको योजनालाई तिरस्कार गरेका थिए।12यसकारण उहाँले तिनीहरूलाई कठोर परिश्रम गर्न लगाउनुभयो;तिनीहरूले ठक्कर खाए, तर मदत गर्नलाई कोही थिएन।13तब आफ्ना कष्टहरूमा तिनीहरूले याहवेहलाई पुकारे,र उहाँले तिनीहरूलाई तिनीहरूका सङ्कष्टहरूबाट बचाउनुभयो।14उहाँले तिनीहरूलाई अन्धकार, र घोर अन्धकारहरूबाट निकाल्नुभयो;र तिनीहरू बाँधिएका साङ्लाहरू चुँडाइदिनुभयो।15उहाँको अचुक प्रेम र मानिसहरूप्रति उहाँका अद्भुत कार्यहरूका निम्तितिनीहरूले याहवेहलाई धन्यवाद देऊन्;16किनकि उहाँले काँसोका मूलढोकाहरू भत्काइदिनुहुन्छ,र फलामका आग्लोहरू काटेर टुक्रा-टुक्रा पारिदिनुहुन्छ।17कोही-कोही आफ्ना विद्रोही चालहरूले गर्दा मूर्ख बने,र आफ्नै अधर्मका कारण कष्ट भोगे।18तिनीहरू सबै प्रकारका खानेकुराहरूदेखि वाक्कै भए,र मृत्युका ढोका नजिक पुगे।19तब आफ्ना कष्टहरूमा तिनीहरूले याहवेहलाई पुकारे,र उहाँले तिनीहरूलाई तिनीहरूका सङ्कष्टहरूबाट बचाउनुभयो।20उहाँले आफ्नो वचन पठाउनुभयो, र तिनीहरूलाई निको पार्नुभयो,तिनीहरूलाई चिहानबाट छुटाउनुभयो।21उहाँको अचुक प्रेम र मानिसहरूप्रति उहाँका अद्भुत कार्यहरूका निम्तितिनीहरूले याहवेहलाई धन्यवाद देऊन्!22तिनीहरूले धन्यवादका बलि चढाऊन्र हर्षका गीत गाएर उहाँका कार्यको वर्णन गरून्!23कोही-कोही जहाजहरूमा चढी सामुद्रिक यात्रामा गए;तिनीहरू महासागरका व्यापारीहरू थिए।24तिनीहरूले याहवेहका कामहरू देखे,गहिरो सागरमा तिनीहरूले उहाँका अद्भुत कार्यहरू देखे।25किनकि उहाँले आज्ञा गर्नुभयो, र प्रचण्ड आँधी चल्यो,जसले गर्दा समुद्रका छालहरू माथिसम्म उठे।26छालहरू आकाशसम्म नै उठे, र फेरि सागरको गहिराइहरूमा झरे;यस्तो जोखिममा तिनीहरूको साहस हराएर गयो।27तिनीहरू मदिराले मातेको मानिसझैँ धरमरिँन्थे;तिनीहरूका सबै सिपहरू बेकार साबित भए।28तब आफ्ना कष्टहरूमा तिनीहरूले याहवेहलाई पुकारे,र उहाँले तिनीहरूलाई तिनीहरूका सङ्कष्टहरूबाट छुटाउनुभयो।29उहाँले आँधीलाई शान्त पार्नुभयो;समुद्रका छालहरू साम्य भए।30आँधी शान्त हुँदा तिनीहरू खुशी भए;र उहाँले तिनीहरूलाई तिनीहरूले इच्छा गरेको बन्दरगाहमा पुर्याउनुभयो।31उहाँको अचुक प्रेम र मानिसहरूप्रति उहाँका अद्भुत कार्यहरूका निम्तितिनीहरूले याहवेहलाई धन्यवाद देऊन्!32तिनीहरूले मानिसहरूको समुदायमा उहाँलाई उच्च पारून्,र प्रधानहरूका सभामा उहाँको प्रशंसा गरून्!33उहाँले नदीहरूलाई मरुभूमिमा,र पानीका मूलहरूलाई सुक्खा भूमिमा परिवर्तन गर्नुभयो।34त्यहाँका बासिन्दाहरूका दुष्टताको कारणले गर्दा,मलिला जमिनलाई नुनिलो मरुस्थलमा परिवर्तन गरिदिनुभयो।35उहाँले मरुभूमिलाई तालमार सुक्खा जमिनलाई पानीका मूलमा परिवर्तन गर्नुभयो;36उहाँले त्यहाँ भोकाहरूलाई बासको निम्ति ल्याउनुभयो,र तिनीहरूले बसोबास गर्न सक्ने एउटा सहर निर्माण गरे।37तिनीहरूले खेतबारीमा बिउ छरे, र दाखबारी लगाए,अनि प्रशस्त उब्जनी कटनी गरे;38उहाँले तिनीहरूलाई आशिष् दिनुभयो, र तिनीहरूको जनसंख्या बढाउनुभयो;अनि तिनीहरूका गाईबस्तुका बथान घट्न दिनुभएन।39त्यसपछि अत्याचार, विपत्ति र शोकले गर्दा,तिनीहरूको जनसंख्या घट्यो र तिनीहरू होच्याइए;40उहाँले शासकहरूमाथि अपमान खन्याउनुहुन्छ,र तिनीहरूलाई पथविहीन उजाड ठाउँहरूमा भौँतारिँदै हिँड्ने बनाउनुभयो।41तर गरिबहरूलाई उहाँले तिनीहरूका दुःखबाट उठाउनुभयो,र तिनीहरूका परिवारहरूलाई भेडाका बगालझैँ बढाउनुभयो।42धर्मी मानिसहरू यो देखेर हर्षित हुन्छन्,तर सबै दुष्टहरूचाहिँ आफ्नो मुख बन्द गर्छन्।43जो बुद्धिमान् छ, त्यसले यी कुराहरूमा ध्यान देओस्,र याहवेहको महान् प्रेममाथि चिन्तन गरोस्।