भजनसंग्रह101
दावीदको भजन।
1म तपाईंको अचुक प्रेम र न्यायको गीत गाउनेछु;हे याहवेह, म तपाईंको प्रशंसा गाउनेछु।2म निर्दोष जीवन बिताउनलाई होसियार रहनेछु,तपाईं मकहाँ कहिले आउनुहुनेछ?म निर्दोष हृदय लिएरआफ्नो घरको कामकाज गर्नेछु।3म आफ्नो आँखाहरू अगिकुनै पनि अनुचित कुराहरू राख्नेछैनँ।पथभ्रष्ट भएकाहरूका कामलाई म घृणा गर्छु;यसमा मेरो कुनै सरोकार हुनेछैन।4कुटिल हृदय भएकाहरू मबाट टाढा रहनेछन्;दुष्टसँग मेरो कुनै सरोकार रहनेछैन।5जसले गुप्तमा आफ्ना छिमेकीको निन्दा गर्दछ,म त्यसलाई नाश गर्नेछु;अहङ्कारी दृष्टि भएका र घमण्डी हृदय भएकालाई,म सहनेछैनँ।6देशका विश्वासयोग्य जनहरूमाथि म मेरो नजर राख्नेछु;ताकि तिनीहरू मसित बास गरून्;त्यो, जसको चालचलन निर्दोष छ,उसले नै मेरो सेवा गर्नेछ।7छली काम गर्ने कसैले पनिमेरो घरमा बास पाउनेछैन;झूटो बोल्ने कोही पनिमेरो उपस्थितिमा खडा हुनेछैन।8हरेक बिहान मदेशका दुष्ट काम गर्नेहरू सबैलाई नाश पार्नेछु;याहवेहको सहरबाटम हरेक दुष्कर्मीलाई नष्ट पार्नेछु।