भजनसंग्रह102
विपत्तिमा परेको मानिसले याहवेहको सामु वर्णन गरेको विलाप।
1हे याहवेह, मेरो प्रार्थना सुन्नुहोस्;सहायताको निम्ति मेरो पुकार तपाईंका सामु पुगोस्!2मेरो कष्टको समयमाआफ्नो मुहार मबाट नलुकाउनुहोस्;तपाईंको कान मतिर लगाउनुहोस्;जब म पुकार गर्दछु, मलाई तुरुन्तै जवाफ दिनुहोस्!3किनकि मेरा दिनहरू धुवाँझैँ लोप भएर जान्छन्;मेरा हाडहरू सल्केका भुङ्ग्रोझैँ जल्दछन्।4मेरो हृदय घाँसझैँ ओइलाएर सुकेको छ;म आफ्नो भोजन खान पनि बिर्सन्छु।5मेरो पीडामा म चर्को सोरले कराएको कारण,म हाड र छाला भएको छु।6म उजाडस्थानको उल्लुझैँ भएको छु;भग्नावशेषमा बस्ने उल्लुझैँ छु।7अनिद्राले गर्दा म जागा रहन्छु;म छानामाथिको एकलो चरोझैँ भएको छु।8दिनभरि मेरा शत्रुहरूले मेरो गिल्ला गर्छन्;मेरो खिल्ली उडाउनेहरूले मेरो नाम सरापको रूपमा प्रयोग गर्छन्।9किनकि म खरानीलाई भोजनको रूपमा खान्छु,र म आफ्नो आँसु मिसिएको पानी पिउँछु;10किनकि तपाईंको ठूलो क्रोधले गर्दा,तपाईंले मलाई उठाएर एकापट्टि फाल्नुभएको छ।11मेरा दिनहरू साँझको छायाजस्तै बित्दछन्;म घाँसझैँ ओइलाएको छु।12तर तपाईं, हे याहवेह, सदाको निम्ति विराजमान हुनुहुन्छ;तपाईंको कीर्ति पुस्तौँ-पुस्तासम्म रहिरहन्छ।13तपाईं उठ्नुहुनेछ र सियोनमाथि कृपा गर्नुहुनेछ;किनकि सियोनमाथि दया गर्ने समय अहिले नै हो;अब तोकिएको त्यो समय आइपुगेको छ।14किनकि तपाईंका सेवकहरूलाई त्यहाँका ढुङ्गाहरू अति प्रिय छन्;त्यहाँको धुलोले समेत तिनीहरूलाई दया देखाउँछन्।15जाति-जातिहरूले याहवेहको नामको भय मान्नेछन्,पृथ्वीका सबै राजाहरूले तपाईंको महिमाको आदर गर्नेछन्।16किनकि याहवेहले सियोनलाई पुनर्निर्माण गर्नुहुनेछ,र उहाँ आफ्नो महिमामा प्रकट हुनुहुनेछ।17उहाँले बेसहाराका प्रार्थनाप्रति ध्यान दिनुहुनेछ;उहाँले तिनीहरूका बिन्तीलाई तुच्छ ठान्नुहुनेछैन।18यी कुरा भावी पुस्ताको निम्ति लेखियोस्:ताकि अहिलेसम्म सृष्टि नगरिएका मानिसहरूले समेत याहवेहको प्रशंसा गरून्:19यसरी उहाँले कैदीहरूका क्रन्दन सुन्न,र मृत्युदण्ड पाएकाहरूलाई मुक्त गर्न,उच्च स्थानमा रहेको आफ्नो पवित्रस्थानबाट हेर्नुभयो;स्वर्गबाट तल पृथ्वीमाथि दृष्टि गर्नुभयो।21त्यस बेला, जब याहवेहको आराधना गर्नलाईजाति-जातिहरू र राज्यहरू एकत्रित हुनेछन्।यसकारण सियोनमा याहवेहको नामकोर यरूशलेममा उहाँको प्रशंसा घोषणा गरिनेछ।23मेरो जीवनकालमा, उहाँले मेरो बल तोडिदिनुभयो;र मेरा दिनहरू घटाइदिनुभयो।24त्यसैले मैले भनेँ:“हे मेरा परमेश्वर, मेरो आधा उमेरमा नै मलाई उठाइ नलैजानुहोस्;तपाईंका वर्षहरू त पुस्तौँ-पुस्तासम्म रहिरहन्छन्।25सुरुमा तपाईंले पृथ्वीको जग बसाल्नुभयो;र स्वर्ग तपाईंकै हातका काम हुन्।26तिनीहरू नाश भएर जानेछन्, तर तपाईंचाहिँ रहिरहनुहुन्छ;तिनीहरू कपडाझैँ सबै फाटेर जानेछन्।लुगा फेरेझैँ तपाईंले तिनलाई फेर्नुहुनेछ,र ती फालिनेछन्।27तर तपाईंचाहिँ एकनास रहनुहुन्छ,तपाईंका वर्षहरूको अन्त्य कहिल्यै हुनेछैन।28तपाईंका सेवकहरूका सन्तान तपाईंको उपस्थितिमा बास गर्नेछन्;तिनीहरूका सन्तान तपाईंको सामु स्थिर रहनेछन्।”