हितोपदेश2

बुद्धिबाट प्राप्‍त हुने नैतिक लाभहरू

1हे मेरो छोरा, “यदि तिमीले मेरो वचन मान्यौर मेरा आज्ञाहरू आफूभित्र सावधानीसाथ राख्यौ भने,2आफ्नो कान बुद्धिका कुरामा फर्कायौर तिम्रो हृदयलाई समझशक्तितिर लगायौ भने,3साँच्‍चै, तिमीले अन्तर्दृष्‍टिको निम्ति आह्वान गर्‍यौ भने,र समझशक्तिको निम्ति जोडसित पुकार्‍यौ भने,4र तिमीले त्यसलाई चाँदीझैँ चाहना गर्‍यौ भने,अनि लुकाइएको गाडधनजस्तै त्यसलाई खोज्यौ भने,5तब तिमीले याहवेहप्रति भय मान्‍नुको अर्थ बुझ्नेछौ,र परमेश्‍वरको ज्ञान प्राप्‍त गर्नेछौ।”6किनकि याहवेहले बुद्धि दिनुहुन्छ,अनि उहाँकै मुखबाट ज्ञान र समझशक्तिका कुराहरू निस्कन्छन्।7उहाँले धर्मीहरूका निम्ति सफलता साँचेर राख्नुहुन्छ;निर्दोष जीवन जिउनेहरूका निम्ति उहाँ ढाल हुनुहुन्छ,8किनकि उहाँले न्यायका मार्गको रक्षा गर्नुहुन्छ,र उहाँले आफ्ना विश्‍वासयोग्य जनहरूका मार्ग सुरक्षित राख्नुहुन्छ।
9तब तिमीले धार्मिकता, न्याय र निष्पक्षता के हो,हो, असल मार्ग के हो, त्यो बुझ्नेछौ।10किनकि बुद्धि तिम्रो हृदयमा पस्‍नेछ,र ज्ञानचाहिँ तिम्रो प्राणको निम्ति आनन्ददायक हुनेछ।11विवेकले तिमीलाई हेरचाह गर्नेछ,र समझशक्तिले तिम्रो रक्षा गर्नेछ।
12बुद्धिले तिमीलाई दुष्‍ट मानिसको मार्ग,र भ्रष्‍ट कुरा गर्ने मानिसबाट जोगाउनेछ,13जसले अन्धकारका मार्गहरूमा हिँड्नका लागिसीधा मार्गहरू त्यागेका छन्,14जो खराबी गर्नमा रमाउँछन्,र दुष्‍टहरूका भ्रष्‍टतामा आनन्दित हुन्छन्,15जसका चालहरू टेढा,र आफ्ना मार्गहरूमा कुटिल छन्।
16बुद्धिले तिमीलाई व्यभिचारिणी स्त्रीबाटर स्वेच्छाचारी स्त्रीका लोभ्याउने कुराहरूबाट जोगाउनेछ,17जुन स्त्रीले आफ्नो युवा अवस्थाको जीवन साथीलाई त्यागेकी छे,र त्यसले परमेश्‍वरसित बाँधेको करारलाई इन्कार गरेकी छे।18निश्‍चय नै त्यसको घरले मृत्युतिरर त्यसका मार्गहरूले मृतकहरूका आत्मातिर पुर्‍याउँछन्।19त्यससित जाने पुरुष फर्किआउँदैन,न त जीवनको मार्ग नै प्राप्‍त गर्छ।
20यसरी तिमी असल मानिसहरूका कदम अनुसरण गर्नेछौ,र धर्मी मानिसको बाटोमा लागिरहनेछौ।21किनकि धर्मीहरू देशमा बास गर्नेछन्,र निर्दोष मानिसहरू त्यहाँ रहिरहनेछन्,22तर दुष्‍टहरूचाहिँ देशबाट हटाइनेछन्,र विश्‍वासघातीहरू त्यहाँबाट जरैसमेत उखालिनेछन्।