भजनसंग्रह76
सङ्गीत निर्देशकको निम्ति, तारवाद्यमा आधारित, आसापको भजन; एक गीत।
1यहूदामा परमेश्वर प्रसिद्ध हुनुभएको छ;इस्राएलमा उहाँको नाम महान् छ।2उहाँको पाल शालेममा छ,उहाँको वासस्थान सियोनमा छ।3त्यहाँ उहाँले अग्निकाँडहरू भाँच्नुभयो,ढाल, तरवार र युद्धका हतियारहरू भाँच्नुभयो। सेला4तपाईं ज्योतिले चम्किलो हुनुहुन्छ,र शिकारले भरिएका पर्वतहरूभन्दा पनि भव्य हुनुहुन्छ।5साहसी मानिसहरू लुटिएका छन्;तिनीहरू गहिरो निद्रामा परेका छन्;एउटै पनि शूरवीरलेआफ्नो हात उचाल्न सक्दैन।6हे याकोबका परमेश्वर, तपाईंको हप्काइमाघोडा र रथ दुवै चीर निद्रामा परेका छन्।7तपाईं मात्र भययोग्य हुनुहुन्छ;तपाईं रिसाउनुहुँदा तपाईंको अगि को खडा रहन सक्छ र?8स्वर्गबाट तपाईंले न्याय घोषणा गर्नुभयो;र पृथ्वी डरायो र चुपचाप भयो—9हे परमेश्वर, जब तपाईं पृथ्वीमा पीडितहरूसबैलाई बचाउन न्याय गर्न उठ्नुभयो। सेला10निश्चय नै मानव-जाति विरुद्ध तपाईंको क्रोधले तपाईंलाई प्रशंसा ल्याउँदछ;र तपाईंको क्रोधबाट बाँचेकाहरू रोकिएका छन्।11तिमीहरूका परमेश्वर, याहवेहलाई भाकल गर, र त्यो पूरा गर;उहाँलाई, जो भययोग्य हुनुहुन्छ, देशको चारैपट्टि रहने मानिसहरूसबैले भेटी ल्याऊन्।12उहाँले शासकहरूको घमण्डलाई तोडिदिनुहुन्छ;पृथ्वीका राजाहरू उहाँसँग डराउँछन्।