भजनसंग्रह75

सङ्गीत निर्देशकको निम्ति, “विनाश नहोस्” को रागमा आधारित, आसापको भजन; एक गीत।

1हे परमेश्‍वर, हामी तपाईंलाई धन्यवाद चढाउँछौँ,हामी तपाईंलाई धन्यवाद चढाउँछौँ; किनकि तपाईंको नाम नजिकै छ;मानिसहरूले तपाईंका अचम्मका कामहरूको वर्णन गर्दछन्।
2तपाईं भन्‍नुहुन्छ, “मैले उचित समय ठहराएको छु;मैले नै निष्पक्षतासाथ न्याय गर्दछु।3जब पृथ्वीमा भुइँचालो जान्छ र मानिसहरू काम्छन्,त्यसका खम्बाहरूलाई स्थिर गरी थामिराख्ने म नै हुँ। सेला4घमण्डीहरूलाई म भन्दछु, ‘घमण्ड नगर,’र दुष्‍ट मानिसहरूलाई भन्दछु, ‘तिमीहरूका सिङ  नउठाओ,5स्वर्गको विरुद्धमा तिमीहरूको सिङ नउठाओ;मुन्टो बटारेर घमण्डसाथ नबोल।’ ”
6किनकि विजय पूर्वबाट वा पश्‍चिमबाटवा मरुभूमिबाट आउँदैन।7परमेश्‍वरले न्याय गर्नुहुन्छ:उहाँले कसैलाई होच्याउनुहुन्छ, र कसैलाई उच्‍च पार्नुहुन्छ,8याहवेहको हातमा एउटा कचौरा छ,जसमा मसाला मिसिएको फीँज भएको मद्य छ;उहाँले त्यो खन्याउनुहुन्छ, र पृथ्वीका सबै दुष्‍टहरूलेमद्यको थिग्रासम्मै पिउँछन्।
9तर मचाहिँ सदाकाल यही कुरा घोषणा गर्नेछु;म याकोबका परमेश्‍वरको प्रशंसा गाउनेछु,10जसले भन्‍नुहुन्छ, “म सबै दुष्‍टहरूका सिङहरू काटिदिनेछु;तर धर्मी जनहरूका सिङचाहिँ उच्‍च पारिनेछन्।”