भजनसंग्रह24
दावीदको भजन।
1पृथ्वी र यसमा भएका सबै थोक,यो संसार र यसमा बास गर्ने सबै प्राणीहरू याहवेहकै हुन्;2किनकि उहाँले पृथ्वीलाई समुद्रमाथि बसाल्नुभयो,र पानीमाथि स्थापित गर्नुभयो।3याहवेहको डाँडामा को उक्लिन सक्ला?उहाँको पवित्रस्थानमा को उभिन सक्ला?4त्यही नै, जसको हात निर्दोष छ, र जसको हृदय शुद्ध छ;जसले मूर्तिमाथि भरोसा राख्दैन,अथवा जसले झूटो ईश्वरको नाममा शपथ खाँदैन।5तिनीहरूले याहवेहबाट आशिष् पाउनेछन्,र मुक्तिदाता परमेश्वरले तिनीहरूलाई धर्मी ठहराउनुहुनेछ।6उहाँलाई खोज्ने पुस्ताका मानिसहरू यस्तै हुन्छन्,जसले तपाईंको दर्शन खोज्दछन्, हे याकोबका परमेश्वर। सेला7हे मूलढोकाहरू हो, आफ्ना शिर उच्च पार;हे सनातनका द्वारहरू हो, आफ्ना शिर उठाओ,ताकि महिमाका महाराजा प्रवेश गरून्।8यी महिमाका राजा को हुनुहुन्छ?याहवेह, जो बलियो र शक्तिशाली हुनुहुन्छ,याहवेह, जो लडाइँमा पराक्रमी हुनुहुन्छ।9हे मूलढोकाहरू हो, आफ्ना शिर उच्च पार;हे सनातनका ढोकाहरू हो, आफ्ना शिर उठाओ;ताकि महिमाका महाराजा प्रवेश गरून्।10महिमाका यी महाराजाचाहिँ को हुनुहुन्छ?सेनाहरूका याहवेह—उहाँ नै महिमाका महाराजा हुनुहुन्छ। सेला