भजनसंग्रह23

दावीदको भजन।

1याहवेह मेरा गोठाला हुनुहुन्छ, मलाई केही कुराको घटी हुँदैन।2उहाँले मलाई हरियो खर्कमा सुताउनुहुन्छ;उहाँले मलाई शान्त पानीतिर डोर्‍याउनुहुन्छ।3उहाँले मेरो प्राणलाई पुनः ताजा पार्नुहुन्छ।उहाँले आफ्नो नामको खातिरमलाई धार्मिकताका मार्गहरूमा अगुवाइ गर्नुहुन्छ।4मृत्युको अन्धकारमयघाटीबाट भएर जानुपरे तापनिम कुनै खतरादेखि डराउनेछैनँ;किनकि तपाईं मेरो साथमा हुनुहुन्छ;तपाईंको लहुरो र तपाईंको छडीलेमलाई सान्त्वना दिन्छन्।
5तपाईंले मेरा शत्रुहरूको सामु,मेरो निम्ति भोज तयार पार्नुहुन्छ।तपाईंले मेरो शीरलाई तेलले अभिषेक गर्नुहुन्छ;मेरो कचौरा भरिएर पोखिन्छ।6निश्‍चय नै तपाईंको भलाइ र प्रेममेरो जीवनभरि हरेक दिन मेरो पछि लाग्नेछन्,र म सधैँभरियाहवेहको भवनमा बास गर्नेछु।