भजनसंग्रह20
सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन।
1याहवेहले तपाईंको सङ्कष्टको दिनमा तपाईंलाई उत्तर देऊन्;याकोबका परमेश्वरका नामले तपाईंलाई सुरक्षा गरून्।2उहाँको वासस्थानबाट तपाईंलाई मदत पठाऊन्,र सियोनबाट तपाईंलाई सहारा देऊन्।3उहाँले तपाईंका सारा बलिदानहरू स्मरण गरून्,र तपाईंका होमबलिहरू ग्रहण गरून्। सेला4उहाँले तपाईंको मनको इच्छा पूरा गरून्,र तपाईंका सबै योजनाहरू सफल गरून्।5तपाईंको विजयमा हामी आनन्दले कराउनेछौँ,र हाम्रा परमेश्वरका नाममा हामी आफ्ना झण्डाहरू उच्च पार्नेछौँ।याहवेहले तपाईंका सबै बिन्ती पूरा गरिदेऊन्।6अब मलाई थाहा भयो:याहवेहले आफ्ना अभिषिक्त जनलाई विजय दिनुहुन्छ।उहाँले आफ्नो दाहिने बाहुलीको उद्धारको शक्तिद्वाराआफ्नो पवित्र स्वर्गबाट अभिषिक्त जनलाई जवाफ दिनुहुन्छ।7कोही रथहरूमा र कोही घोडाहरूमाथि भरोसा गर्दछन्,तर हामीचाहिँ याहवेह हाम्रा परमेश्वरको नाममा भरोसा गर्दछौँ।8तिनीहरू निहुरेर भुइँमा घुँडा टेक्नेछन्,तर हामीहरूचाहिँ खडा हुनेछौँ र सीधा उभिनेछौँ।9हे याहवेह, राजालाई विजय गराउनुहोस्!हामीले पुकार गर्दा हामीलाई जवाफ दिनुहोस्!