भजनसंग्रह19
सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन।
1आकाशले परमेश्वरको महिमाको वर्णन गर्दछ;अन्तरिक्ष मण्डलले उहाँका हातका कामहरू प्रकट गर्दछन्।2हरेक दिनले अर्को दिनसँग परमेश्वरको महिमाको चर्चा गर्दछ;हरेक रातले अर्को रातलाई उहाँका ज्ञानको प्रदर्शन गर्दछ।3तिनीहरू बोल्दैनन्, न त तिनीहरूको बोल्ने शब्दहरू नै छन्;तिनीहरूबाट कुनै सोर सुनिँदैन।4तरै पनि तिनीहरूका सोर सारा पृथ्वीभरि पुग्दछ;तिनीहरूका आवाज संसारको अन्त्यसम्म पुगेका छन्।परमेश्वरले आकाशमा सूर्यको निम्ति एउटा वासस्थान बनाउनुभएको छ।5जुनचाहिँ विवाह-मण्डपबाट निस्केको दुलहाझैँ छ,दौडमा दौडिने धावकको विजयमा झैँ रमाउँछ।6त्यो आकाशको एक कुनाबाट उदाउँछ,र अर्को कुनासम्म चक्कर लगाउँछ;त्यसको तापबाट कुनै कुरो लुकिरहन सक्दैन।7याहवेहका व्यवस्थाहरू सिद्ध छन्,प्राणलाई ताजा गराउने,याहवेहका कानुनहरू विश्वासयोग्य छन्;सोझा व्यक्तिलाई बुद्धिमान् तुल्याउने।8याहवेहका नियमहरू ठिक छन्,हृदयलाई आनन्दित गराउने,याहवेहका आज्ञाहरू उज्ज्वल छन्,आँखालाई ज्योति दिने।9याहवेहको भय स्वच्छ छ,अनन्तकाल सम्मै स्थिर रहिरहने;याहवेहका उर्दीहरू अटल छन्,ती सबै धार्मिक सत्य छन्।10ती सुनभन्दा पनि ज्यादै बहुमूल्य,निखुर सुनभन्दा, अझ ज्यादा बहुमूल्य छन्;ती महभन्दा मिठा,चाकाबाट झर्दै गरेको महभन्दा मिठा छन्।11तीद्वारा तपाईंका सेवकले चेतावनी पाउँछ;ती पालन गर्दा ठूलो प्रतिफल मिल्छ।12तर कसले आफ्ना भूलहरू छुट्ट्याउन सक्छन्?मेरा गुप्त दोषहरू क्षमा गरिदिनुहोस्!13आफ्नै स्वइच्छाले गरेका पापहरूबाट तपाईंले आफ्नो सेवकलाई जोगाउनुहोस्;ममाथि ती प्रभुत्व हुन नपाओस्;अनि म दोषरहितर घोर अपराधहरूबाट निर्दोष हुनेछु।14हे याहवेह, मेरा चट्टान र मेरा उद्धारक!मेरा मुखका वचनहरू र मेरा हृदयका ध्यानतपाईंका दृष्टिमा ग्रहणयोग्य हुन सकून्।