भजनसंग्रह2

1राष्ट्रहरू किन षड्यन्त्र  रच्दछन्,अनि जाति-जातिहरू किन व्यर्थमा जाल रच्छन्?2याहवेह र उहाँका अभिषिक्त जनका विरुद्धमापृथ्वीका राजाहरू खडा हुन्छन्,र शासकहरू एकजुट भएर भेला भएका छन्।3तिनीहरू यसो भन्छन्, “आओ, हामी तिनीहरूका साङ्लाहरू छिनालौँ,र तिनीहरूका बन्धनहरू फुकालौँ।”
4स्वर्गमा विराजमान हुनुहुनेचाहिँ हाँस्‍नुहुन्छ;प्रभुले तिनीहरूको उपहास गर्नुहुन्छ।5आफ्नो क्रोधमा उहाँले तिनीहरूलाई हप्काउनुहुन्छ,र आफ्ना क्रोधमा तिनीहरूलाई यसो भन्दै भयभीत पार्नुहुन्छ,6“मैले मेरो राजालाई नियुक्त गरेको छु,मेरो पवित्र सियोन  पर्वतमा”, प्रभु घोषणा गर्नुहुन्छ।
7म याहवेहको उर्दी घोषणा गर्नेछु:
उहाँले मलाई आज्ञा गर्नुभयो, “तिमी मेरा पुत्र हौ;आज म तिम्रो पिता भएको छु।
8मसँग मागर म राष्ट्रहरूलाई तिम्रो उत्तराधिकार तुल्याइदिनेछु,र पृथ्वीको अन्तसम्म तिम्रो निज सम्पत्ति तुल्याइदिनेछु।9तिमीले फलामको राजदण्डले तिनीहरूलाई पिस्‍नेछौ, कुमालेको भाँडाझैँ तिनीहरूलाई टुक्रा-टुक्रा पार्नेछौ।”
10यसकारण हे राजाहरू हो, बुद्धिमान् होओ;पृथ्वीका शासकहरू हो, सचेत होओ!11भयसाथ याहवेहको सेवा गर,र कम्पनसाथ उहाँको आनन्द मनाओ।12उहाँको पुत्रलाई सम्मान  गर, नत्रता उहाँ क्रोधित हुनुहुनेछ,र तिमीहरूको व्यवहारले विनाशमा पुर्‍याउला;किनकि उहाँको क्रोध चाँडै दन्कन्छ।धन्य हुन् तिनीहरू सबै, जो उहाँको शरणमा पर्दछन्।