भजनसंग्रह1

1धन्य हुन् तिनीहरू,जो दुष्‍टहरूको सल्‍लाहमा हिँड्दैनन्,जो पापीहरूको मार्गमा खडा हुँदैनन्,जो गिल्‍ला गर्नेहरूको सङ्गतमा बस्दैनन्।2तर तिनीहरू याहवेहको व्यवस्थामा नै प्रसन्‍न रहन्छन्,र दिनरात उहाँकै व्यवस्थामा नै मनन गर्छन्।3तिनीहरू नदीको किनारमा रोपेको रूखजस्तै हुन्छन्,जसले आफ्नो ऋतुमा फल दिन्छ;र जसको पात कहिल्यै ओइलाउँदैन;तिनीहरूले जे काम गर्छन्, त्यसमा सफल हुन्छन्।
4दुष्‍टहरू त्यस्ता हुँदैनन्;तर तिनीहरूचाहिँ बतासले उडाइलैजानेभुसजस्तै हुन्छन्।5यसकारण दुष्‍टहरू न्यायमा खडा रहनेछैनन्,न त धर्मीहरूको सभामा पापीहरूले स्थान पाउनेछन्।
6किनकि याहवेहले धर्मीहरूको मार्गको रक्षा गर्नुहुन्छ;तर दुष्‍टहरूको मार्गले विनाशमा पुर्‍याउँछ।