भजनसंग्रह129

आरोहणको गीत।

1“मेरो युवावस्थादेखि तिनीहरूले मलाई धेरै सताएका छन्,”इस्राएलले यसो भनोस्;2“तिनीहरूले मेरो युवावस्थादेखि मलाई धेरै सताएका छन्;तर तिनीहरूले मलाई जित्न सकेका छैनन्।3हलो जोत्नेहरूले मेरो पिठिउँमा जोतेका छन्;र पिठिउँभरि लामा फालिहरूले कोरेका छन्।4तर याहवेह धार्मिक हुनुहुन्छ;उहाँले दुष्‍टहरूका बन्धन तोडेर मलाई मुक्त गर्नुभएको छ।”
5सियोनलाई घृणा गर्नेहरू सबैलज्जित भएर फर्किऊन्!6तिनीहरू छानामाथिका घाँसजस्ता होऊन्,जो बढ्न नपाउँदै ओइलाइहाल्छन्;7त्यसबाट काट्नेले आफ्नो एक मुट्ठी पनि भर्न सक्दैन,न बिटा बटुल्नेले एक अँगालो नै भर्न सक्दछ।8त्यहाँबाट भएर जानेहरूले तिनीहरूका निम्ति यस्तो कामना नगरून्,“याहवेहको आशिष् तिमीहरूमाथि रहोस्;याहवेहका नाममा हामी तिमीहरूलाई आशिष् दिन्छौँ।”