भजनसंग्रह128

आरोहणको गीत।

1याहवेहको भय मान्‍नेहरूर उहाँमा आज्ञाकारी भएर हिँड्नेहरू सबै धन्यका हुन्।2तिमीले आफ्ना परिश्रमको कमाइ खानेछौ;भलाइ र समृद्धि तिम्रा हुनेछन्।3तिम्रो घरमा तिम्री पत्नीफलवन्त दाखको बोटझैँ हुनेछिन्;र तिम्रा छोराछोरीहरू तिम्रो टेबुलको वरिपरिजैतुनका मुनाहरूजस्तै हुनेछन्।4हो, याहवेहको भय मान्‍ने जनयसरी नै आशिषित हुनेछ।
5याहवेहले तिमीलाई सियोनबाट आशिष् देऊन्;तिम्रो जीवनभरि नैतिमीले यरूशलेमको समृद्धि देख्नेछौ।6तिमी आफ्ना नातिनातिनाहरूलाई देख्ने गरी बाँच—इस्राएलमाथि शान्ति रहोस्!