भजनसंग्रह112
1याहवेहको प्रशंसा गर! त्यो मानिस धन्यको हो, जसले याहवेहको भय मान्दछ,जो उहाँका आज्ञाहरूमा ज्यादै प्रसन्न हुन्छ।2त्यसका सन्तानहरू पृथ्वीमाथि शक्तिशाली हुनेछन्;धर्मी मानिसहरूका पुस्ताले आशिष् पाउनेछन्।3त्यसको घरमा धन र सम्पत्ति रहन्छ,र त्यसको धार्मिकता सदाकाल रहिरहन्छ।4सत्यनिष्ठ मानिसहरू, जो अनुग्रही, दयालु, र धर्मी छन्,तिनीहरूका निम्ति अन्धकारमा पनि ज्योति चम्कन्छ।5उदार चित्तले ऋण दिनेहरू,र इमानदारीतासाथ आफ्नो कारोबार चलाउने मानिसहरूको भलो हुन्छ।6अवश्य नै धर्मी जनहरू कहिल्यै डगमगाउनेछैनन्;तिनीहरूको सम्झना सदासर्वदा गरिनेछ।7खराब समाचारले तिनीहरू कहिल्यै डराउनेछैनन्;याहवेहमा भरोसा गरेकोले तिनीहरूका हृदय दृढ रहन्छ।8तिनीहरूका हृदय निर्धक्क रहन्छ, र तिनीहरूलाई कुनै डर हुनेछैन;अन्त्यमा तिनीहरूले आफ्ना वैरीहरू हार भएको देख्नेछन्।9तिनीहरूले गरिबहरूलाई उदारतापूर्वक दान दिएका छन्;तिनीहरूका धार्मिकता सदासर्वदा रहिरहन्छ;तिनीहरूका शिर सम्मानले उच्च रहनेछ।10दुष्ट मानिस त्यो देखेर कुँडिनेछ;तिनीहरूले आफ्ना दाह्रा किट्नेछन्, र नष्ट हुनेछन्;दुष्टहरूका अभिलाषाहरू विफल हुन्छन्।