भजनसंग्रह111
1याहवेहको प्रशंसा गर! म मेरो सारा हृदयले,धर्मी मानिसहरूको सभामा र समुदायमा म याहवेहलाई उच्च पार्नेछु।2याहवेहका कार्यहरू महान् छन्;ती कार्यहरूमा प्रसन्न हुनेहरू सबैले तीमाथि मनन गर्छन्।3उहाँका कार्य महिमामय र ऐश्वर्यपूर्ण छन्;र उहाँको धार्मिकता सदासर्वदा रहिरहन्छ।4उहाँले आफ्ना अद्भुत कार्यहरूको स्मरण गराउनुभएको छ;याहवेह अनुग्रही र दयालु हुनुहुन्छ।5उहाँको भय मान्नेहरूलाई उहाँले भोजन जुटाउनुहुन्छ;र उहाँ आफ्नो करार सदासर्वदा सम्झनुहुन्छ।6अन्य राष्ट्रहरूको भूमि आफ्ना प्रजालाई दिएर,उहाँले तिनीहरूलाई आफ्ना कार्यको शक्ति प्रकट गर्नुभएको छ,7उहाँका हातका कार्य विश्वासयोग्य र न्यायपूर्ण छन्;उहाँका सबै विधिहरू भरपर्दा छन्।8ती सदासर्वदाको लागि अटल छन्,ती धार्मिकता र विश्वासयोग्यतामा लागू गरिएका छन्।9उहाँले आफ्ना प्रजाको निम्ति छुटकारा उपलब्ध गराउनुभयो;उहाँले आफ्नो करार सदाकालको निम्ति स्थिर होस् भनी आज्ञा दिनुभयो—उहाँको नाम पवित्र र भययोग्य छ।10याहवेहको भय नै बुद्धिको सुरुवात हो;उहाँका विधिहरू पालन गर्नेहरू सबैले ठिक समझशक्ति पाउँछन्।उहाँको प्रशंसा अनन्तसम्म भइरहनेछ।