1इयोबले आफ्नो बहस जारी राखेर भने:2“अहो, म मेरा बितेका महिनाहरूको कत्ति धेरै चाहना गर्दछु,किनकि ती दिनहरूमा परमेश्वरले मेरो हेरचाह गर्नुहुन्थ्यो;3जब उहाँको बत्ती मेरो शिरमाथि चम्कन्थ्यो,र उहाँको ज्योतिद्वारा म अन्धकारमा हिँड्डुल गर्थेँ;4अहो, सुखका ती मेरा दिनहरू,जब परमेश्वरसँगको घनिष्ठ मित्रताले मेरो घरमा आशिष् ल्याउँथ्यो;5जब सर्वशक्तिमान् मसँगै हुनुहुन्थ्यो,र मेरा छोराछोरीहरू मेरा चारैतिर हुन्थे;6जब मेरा पाइलाहरू नौनीले भिजेका हुन्थे,र चट्टानले मेरो निम्ति जैतुनको तेलका खोलाहरू बहाउँथ्यो।7“जब म सहरको मूलढोकामा जान्थेँ,र सार्वजनिक चोकमा आफ्नो आसन ग्रहण गर्थेँ।8जवान मानिसहरू मलाई देखेर बाटो छोड्थे,र वृद्ध मानिसहरू आदरसाथ बसेको ठाउँबाट उठ्थे;9सहरका प्रमुख मानिसहरू बोल्न छोड्थे,र तिनीहरूले आफ्ना मुख हातले छोप्थे;10शासकहरूका आवाज मन्द हुन्थ्यो,र तिनीहरूको जिब्रो तिनीहरूको तालुमा टाँसिन्थ्यो।11मलाई सुन्नेहरूले मेरो विषयमा राम्रो कुरा गर्थे,र मलाई देख्नेहरूले मेरो गुणगान गर्थे;12किनकि सहायताको लागि गरिबहरूले पुकार्दा म तिनीहरूलाई सहायता गर्न तत्पर रहन्थेँ,मैले असहाय अनाथहरूलाई छुटाउथेँ।13मर्न आँटेको मानिसले मलाई आशिष् दिन्थ्यो;मैले विधवाको हृदयलाई आनन्दले गाउन सक्ने तुल्याउँथेँ।14मैले धार्मिकतालाई मेरो लुगाझैँ पहिरने गर्दथेँ;न्याय मेरो लवेदा र मेरो फेटा थियो।15म अन्धाका निम्ति आँखा,र लङ्गडाका निम्ति खुट्टा थिएँ।16खाँचोमा परेकाहरूका निम्ति म बुबा थिएँ;म परदेशीहरूको पक्षमा मुद्दा लिन्थेँ।17मैले दुष्ट मनिसहरूका बङ्गारा तोडिदिएँ,र तिनीहरूका दाँतहरूबाट पीडितहरूलाई खोसेँ।18“मैले सोच्ने गर्थेँ, ‘म मेरो आफ्नै घरमा मर्नेछु,मेरा दिनहरू बालुवाका कणहरूझैँ धेरै छन्।19मेरा जराहरू पानीसम्म पुग्नेछन्;र मेरा हाँगाहरूमा रातभरि नै शीत रहनेछ।20मेरो गौरव कहिल्यै घट्नेछैन;मेरो धनु सदाकाल मेरो हातमा नयाँ भइरहनेछ।’21“मानिसहरू आशावादी भएर मेरो कुरा सुन्थे,चुपचाप लागेर मेरो सल्लाह पर्खिरहन्थे।22मैले बोलिसकेपछि तिनीहरूले भन्ने कुरा रहँदैनथ्यो;मेरा शब्दहरू तिनीहरूका कानमा बिस्तारै पर्दथ्यो।23तिनीहरूले झरीलाई झैँ मलाई पर्खन्थे;र मेरा वचनहरूलाई बसन्तको झरीझैँ पिउँथे।24मैले तिनीहरूसँग मुस्कुराउँदा तिनीहरूलाई पत्यार लाग्दैनथ्यो;मेरो अनुहारको उज्यालो तिनीहरूका निम्ति विशेष थियो।25तिनीहरूका निम्ति म मार्ग छनौट गरिदिन्थेँ, र तिनीहरूका प्रमुखझैँ भएर बस्थेँ;राजा आफ्ना सेनाहरूसँग बसेझैँ म बस्थेँ;शोक गर्नेहरूलाई सान्त्वना दिने मानिसजस्तै म थिएँ।