1पक्कै पनि चाँदीको निम्ति खानी हुन्छ,र सुनलाई खारिने ठाँउ हुन्छ।2फलाम पृथ्वीबाट निकालिन्छ,र धातु गालेर तामा निकालिन्छ।3मरणशील मानिसले अन्धकारको अन्त्य गर्छ;तिनीहरूले पृथ्वीको अति गहिराइमार घोर अन्धकारको ठाउँमा धातुको खोजी गर्छन्।4मानव वासस्थानदेखि टाढा,मानिसहरूका खुट्टाले नटेकेका ठाउँहरूमा सुरुङ खन्छन्;अरू मानिसहरूबाट टाढा डोरीमा झुण्डिन्छन् र हल्लिँदै धातु खनेर निकाल्छन्।5पृथ्वी, जहाँबाट भोजन निस्केर आउँछ,त्यसभित्र भने आगोले पग्लिरहेको हुन्छ;6त्यसका चट्टानहरूबाट नीलमणिहरू निस्कन्छन्,र त्यसका धुलोमा सुनका कणहरू हुन्छन्।7आकाशका शिकारी पक्षीहरूले त्यस गुप्त बाटोलाई जान्दैनन्,कुनै पनि बाजको आँखाले त्यसलाई देखेको हुँदैन।8जङ्गली पशुहरूले त्यसमा पाइला टेकेका छैनन्,र कुनै सिंहले त्यसमा शिकार गरेको छैन।9मानिसहरूले चकमके ढुङ्गालाई तिनीहरूका हातले फोर्छन्;र पर्वतहरूलाई फेदैबाट पल्टाइदिन्छन्।10तिनीहरूले चट्टानभित्रबाट सुरुङ खन्दछन्;तिनीहरूका आँखाले प्रत्येक बहुमूल्य चीजहरू देख्दछन्।11तिनीहरूले नदीहरूका मुहानहरू खोज्दछन्,र गुप्तमा रहेका कुराहरू ज्योतिमा ल्याउँदछन्।12तर बुद्धिचाहिँ कहाँ फेला पार्न सकिन्छ?समझशक्तिको बास कहाँ छ?13मरणशील मानिसले त्यसको मूल्य बुझ्दैन;यसलाई जीवितहरूको देशमा पाउन सकिँदैन।14महासागरले भन्छ, “त्यो बुद्धि मभित्र छैन”;समुद्रले भन्छ, “त्यो मसित छैन।”15त्यसलाई अति निखुर सुनले पनि किन्न सकिँदैन;न त त्यसको मूल्य चाँदीमा तौलन सकिन्छ।16त्यसलाई ओपीरको सुनले समेत किन्न सकिँदैन,बहुमूल्य रत्नहरू अथवा नीलमणि समेत पर्याप्त हुन्न।17त्यसको तुलना न सुन, न त स्फस्टिकसँग नै गर्न सकिन्छ;न त त्यसलाई सुनको गहनाले किन्न सकिन्छ।18मुगा र बिल्लौरको त नाम नै नलिए पनि हुन्छ;बुद्धिको मूल्य लालमणिभन्दा माथि हुन्छ।19कूश देशको पुष्पराजसँग पनि बुद्धिको तुलना गर्न सकिँदैन;बुद्धिलाई निखुर सुनले पनि किन्न सकिँदैन।20त्यसो भए बुद्धि कहाँबाट आउँछ,र समझशक्तिको बास कहाँ छ?21त्यसलाई त प्रत्येक जीवित प्राणीहरूका आँखाहरूबाट गुप्तमा राखिएको छ,अनि आकाशमा उड्ने पक्षीहरूबाट पनि त्यसलाई लुकाइएको छ।22विनाश र मृत्युले भन्छन्,“हाम्रो आफ्नै कानमा केवल यसको हल्ला मात्र पुगेको छ।”23परमेश्वरले मात्र यसको बाटो बुझ्नुहुन्छ;र त्यो कहाँ बास गर्छ, उहाँलाई मात्र थाहा छ,24किनकि उहाँले पृथ्वीको अन्तिम भागसम्म देख्नुहुन्छ;र उहाँले आकाशमण्डलमुनिका हरेक कुराहरू निरीक्षण गर्नुहुन्छ।25जब उहाँले बतासको शक्तिलाई स्थापित गर्नुभयोर बादलमा पानीको मापन गर्नुभयो;26जब उहाँले वर्षालाई आदेश दिनुभयो,र चट्याङको लागि बाटो तयार पार्नुभयो;27तब उहाँले बुद्धिलाई हेर्नुभयो र त्यसको मूल्याङ्कन गर्नुभयो;उहाँले त्यसलाई पक्का गर्नुभयो र जाँच्नुभयो।28अनि परमेश्वरले मानिस जातिलाई भन्नुभयो,“हेर प्रभुको भय नै बुद्धि हो;र दुष्टताबाट अलग रहनु नै समझशक्ति हो।”