1तब बिल्दद शुहीले जवाफ दिए:2“प्रभुत्व र श्रद्धा परमेश्वरकै हुन्;उहाँले आकाशको उचाइमा शान्ति स्थापना गर्नुहुन्छ।3के उहाँका सेनाहरूलाई गन्न सकिन्छ?उहाँको ज्योति कसमाथि पर्दैन र?4त्यसो भए कसरी मरणशील मानिस परमेश्वरको अगि धर्मी हुन सक्छ?स्त्रीबाट जन्मने कसरी शुद्ध हुन सक्छ र?5उहाँको दृष्टिमा त चन्द्रमा पनि चहकिलो छैन,र ताराहरू पनि शुद्ध छैनन् भने,6मरणशील मानिस त झन् कति अशुद्ध होला, जो एउटा चुर्ना मात्र हो—परमेश्वरको दृष्टिमा मानिस जाति किरा मात्रै हो!”