इयोब24

1“किन सर्वशक्तिमान्‌ले न्यायको निम्ति समयहरू तोक्नुभएको छैन?किन भक्तजनहरूले व्यर्थमा यस्ता दिनहरूको प्रतीक्षा गर्नैपर्छ?2मानिसहरू जमिनका सिमानाका ढुङ्गाहरू हटाउँछन्;तिनीहरूले चोरेका भेडाबाख्राका बगालहरू चराउँछन्।3तिनीहरूले टुहुरा-टुहुरीहरूको गधा लैजान्छन्,र विधवाको गोरु बन्धकमा लैजान्छन्,4तिनीहरूले खाँचोमा परेकोलाई बाटोबाट घचेटिदिन्छन्;र देशका सबै गरिबहरूलाई लुक्न बाध्य बनाउँछन्।5मरुभूमिमा भएका जङ्गली गधाहरूजस्तै,गरिबहरू आफ्नो भोजन खोज्न भौँतारिन्छन्;तिनीहरूका छोराछोरीहरूका निम्ति रुखो भूमिले भोजन जुटाइदिन्छ।6तिनीहरूले अरूको खेतबाट घाँस बटुल्छन्,र दुष्‍ट मानिसहरूका दाखबारीबाट सिलाबाला बटुल्छन्।7लुगाफाटाको अभावमा तिनीहरूले नाङ्गै रात बिताउँछन्;जाडोमा आफूलाई ढाक्नको निम्ति तिनीहरूसँग केही हुँदैन।8तिनीहरू पहाडहरूका झरीले निथ्रुक्‍क भिज्छन्,र आश्रय नहुँदा तिनीहरूले चट्टानलाई अँगाल्छन्।9अनाथ बालकलाई स्तनपानबाट खोसेर लगिन्छ;गरिब घरको शिशुलाई ऋणको निम्ति बन्धकी बनाइन्छ।10लुगाफाटाको अभावमा तिनीहरू नाङ्गै डुलिहिँड्छन्;तिनीहरूले अरूको निम्ति अन्‍नका बोरा बोक्छन्, तर आफू भने भोकै हुन्छन्।11तिनीहरूले खेतका गराहरूमा  जैतुन पेलेर तेल निकाल्छन्;तिनीहरूले कोलमा दाख पेलेर रस निकाल्छन्, तर आफैँ भने तिर्खाले व्याकुल भएका हुन्छन्।12मर्दै गरेकाहरूको चीत्कार सहरबाट माथि उठ्छ,र घाइतेहरूको प्राण सहायताका निम्ति कराउँछ;तापनि परमेश्‍वरले तिनीहरूको चीत्कारको बेवास्ता गर्नुहुन्छ।
13“ज्योतिको विरुद्धमा विरोध गर्नेहरू पनि छन्,जसले ज्योतिका मार्गहरू जान्दैनन्,अथवा ज्योतिको मार्गमा रहँदैनन्।14जब दिनको उज्यालो जान्छ, हत्याराहरू उठ्छन्;तब गरिबहरू र खाँचोमा परेकाहरूलाई मार्दछन्,र तिनीहरू रातमा चोरले जस्तै चोर्दछन्।15व्यभिचारीको आँखाले साँझपखलाई पर्खिबस्छ;त्यसले सोच्छ, ‘मलाई कुनै पनि आँखाले देख्नेछैन,’र त्यसले आफ्नो अनुहार लुकाउँछ।16रातमा चोरहरूले घरहरू फोर्छन्,तर दिनमा चाहिँ तिनीहरू भित्रै लुकेर बस्छन्;तिनीहरू दिनको उज्यालोमा केही गर्न चाहँदैनन्।17तिनीहरू सबैका लागि मध्यरात तिनीहरूको बिहानी हो;तिनीहरूले अन्धकारका त्रासहरूसँग मित्रता राख्छन्।
18“तापनि तिनीहरू पानीको सतहमा भएका फिँजजस्तै हुन्;तिनीहरूको जमिनको भाग श्रापित छ;त्यसकारण तिनीहरू दाखबारीहरूमा काम गर्न जाँदैनन्।19गर्मी र खडेरीले पग्लेको हिउँलाई लगेझैँ,चिहानले पाप गर्नेहरूलाई तानेर लैजान्छ।20गर्भले तिनीहरूलाई भूलिहाल्छ;किराले तिनीहरूमाथि भोज गर्छन्;दुष्‍ट मानिसहरूको सम्झना रहँदैन,र तिनीहरू रूखजस्तै भाँचिएर जान्छन्।21तिनीहरूले बाँझी र निःसन्तान स्त्रीलाई शिकार बनाउँछन्,र विधवालाई कुनै दया देखाउँदैनन्।22तर परमेश्‍वरले शक्तिशालीहरूलाई आफ्नो शक्तिले खिँच्नुहुन्छ;तिनीहरू स्थापित भए तापनि तिनीहरूको जीवनको निश्‍चयता हुँदैन।23उहाँले तिनीहरूलाई सुरक्षाको भावनामा जिउन दिनुहुन्छ होला,तर उहाँका आँखाहरू तिनीहरूका मार्गहरूमाथि लागिरहन्छन्।24केही क्षणको निम्ति तिनीहरू उच्‍च पारिनेछन्, र त्यसपछि तिनीहरू रहनेछैनन्;तिनीहरूलाई होच्याइनेछ, र अरू सबैलाई जस्तै जम्मा गरिनेछ;तिनीहरू अन्‍नका बालाहरू काटिएजस्तै काटिनेछन्।
25“यदि यसो होइन भने कसले मलाई झूटो ठहराउन सक्छ,र अर्थविना कसले मेरा शब्दहरू घटाउन सक्छ?”