भजनसंग्रह8
सङ्गीत निर्देशकको निम्ति गित्तीथ मा आधारित, दावीदको भजन।
1हे याहवेह, हाम्रा प्रभु,सारा पृथ्वीभरि तपाईंको नाम कति प्रतापी छ!स्वर्गभन्दा उच्चमातपाईंले आफ्नो महिमा स्थापित गर्नुभएको छ।2तपाईंले केटाकेटीहरू र शिशुहरूका प्रशंसाबाट,आफ्ना शत्रुहरू र विरोधीहरूलाई चुप गराउनलाईशत्रुहरूका विरुद्ध बलियो किल्ला स्थापना गर्नुभएको छ।3जब म तपाईंका औँलाहरूद्वाराबनाइएको आकाशलाई,तपाईंले स्थापित गर्नुभएका चन्द्रमार ताराहरूमाथि विचार गर्छु,4मानिस जाति के नै हो र तपाईं त्यसको वास्ता गर्नुहुन्छ?मनुष्यहरू के नै हुन् र तपाईं तिनीहरूको फ्रिक्री गर्नुहुन्छ?5तपाईंले तिनीहरूलाई स्वर्गदूतहरूभन्दा केही कम बनाउनुभएको छ,र तिनीहरूलाई महिमा र आदरको मुकुट पहिर्याइदिनुभएको छ।6तपाईंका हातका कार्यहरूमाथि तपाईंले तिनीहरूलाई शासक बनाउनुभएको छ;र तपाईंले सबै थोक तिनीहरूका पैतालामुनि राखिदिनुभएको छ:7सबै भेडाबाख्रा र गाईगोरुहरू,र सबै जङ्गली पशुपक्षीहरू,8आकाशका चराचुरुङ्गीहरूर समुद्रका माछाहरूर समुद्रभित्र पौडने सबै जन्तुहरू।9हे याहवेह, हाम्रा प्रभु,सारा पृथ्वीभरि तपाईंको नाम कति प्रतापी छ!