भजनसंग्रह79

आसापको भजन।

1हे परमेश्‍वर, राष्ट्रहरूले तपाईंका उत्तराधिकारलाई आक्रमण गरेका छन्;तिनीहरूले तपाईंका पवित्र मन्दिरलाई अपवित्र पारेका छन्;तिनीहरूले यरूशलेमलाई भग्नावशेषका थुप्राहरू पारिदिएका छन्।2तिनीहरूले तपाईंका सेवकहरूका लासलाईआकाशका पक्षीहरूलाई आहाराको निम्ति छोडेका छन्,तपाईंका आफ्ना मानिसका शरीर जङ्गली जनावरहरूलाई दिएका छन्।3तिनीहरूले उनीहरूका रगतयरूशलेमको चारैतिर पानीजस्तै बगाएका छन्,र उनीहरूका लासलाई गाड्ने कोही छैनन्।4हाम्रा छिमेकीहरूका सामु हामी गिल्‍लाका पात्र;र हाम्रा वरिपरिका मानिसहरूका बीच तिरस्कार र हाँसोका पात्र भएका छौँ।
5हे याहवेह, तपाईं कहिलेसम्म क्रोधित भइरहनुहुन्छ? के सधैँभरिको लागि?तपाईंको डाह कहिलेसम्म आगोझैँ दन्किनेछ?6तपाईंको क्रोध ती राष्ट्रहरूमाथि खन्याउनुहोस्,जसले तपाईंलाई स्वीकार गर्दैनन्;ती राज्यहरूमाथि,जसले तपाईंको नामलाई पुकार्दैनन्;7किनकि तिनीहरूले याकोबलाई निलेका छन्,र तिनको वासस्थान उजाड पारेका छन्।
8हाम्रा पितापुर्खाहरूका पापको दण्ड हामीलाई नदिनुहोस्;तपाईंको कृपा चाँडै हामीलाई भेट्न आओस्,किनकि हामी अत्यन्तै अभावमा छौँ।9हे हाम्रा उद्धारक परमेश्‍वर,तपाईंको नामको महिमाको खातिर, हामीलाई सहायता गर्नुहोस्;तपाईंको नामको खातिर हामीलाई छुटाउनुहोस्र हाम्रा पाप क्षमा गर्नुहोस्!10“तिनीहरूका परमेश्‍वर कहाँ छन्?”भन्‍ने मौका राष्ट्रहरूले नपाऊन्।तपाईंका आफ्ना सेवकहरूको बगाइएकारगतको बदला लिनुहुन्छ भन्‍ने कुराहाम्रै आँखाको अगि राष्ट्रहरूलाई थाहा गराउनुहोस्।11कैदीहरूका विलाप तपाईंको सामु पुगोस्;तपाईंको शक्तिशाली हातद्वारा मृत्युको दण्डमा परेकाहरूको रक्षा गर्नुहोस्।12हे प्रभु, तिनीहरूले तपाईंलाई गरेका तिरस्कारको सट्टा,हाम्रा छिमेकीहरूसँग सात गुणा बदला लिनुहोस्।13तब हामी, तपाईंका मानिसहरू, तपाईंको खर्कका भेडाहरूले,सदासर्वदा तपाईंको प्रशंसा गर्नेछौँ;पुस्तौँ-पुस्तासम्महामी तपाईंको प्रशंसाको घोषणा गर्नेछौँ।